scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 3, 2009

बागेश्वरी मावि खुल्यो


बेसीशहर जेठ २०
करीब दर्ुइसातादेखि बन्द लमजुङको विकट विचौरस्थित बागेश्वरी माध्यमिक विद्यालय आईतवारदेखि खुलेको छ ।
विद्यालयमा भएको अनियमितताको संवन्धमा छानविन गर्ने र प्रधानाध्यापक धर्मदत्त भट्टको राजीनामा पछि विद्यालय खुलेको हो ।
प्रधानाध्यापक भट्टले सामाजिक लेखा समितिलाई जानकारी नै नगर्राई ब्यवस्थापन समितिका अध्यक्ष यमप्रसाद न्यौपानेसंग मिलेर लेखा परीक्षण गरि आर्थिक अनियमितता गरेको भन्दै शिक्षक र विद्यार्थी आन्दोलनमा उत्रिएपछि विद्यालय गत जेठ ६ गतेवाट पर्ूण्ा रुपमा बन्द भएको थियो ।
ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक, विद्यार्थी, स्थानीय राजनीतिक दल तथा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिबीच वसेको बैठकले आर्थिक छानविनका लागि चेतनाथ अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ भने प शिक्षक होमनाथ दवाडीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिईएको छ ।

No comments:

Post a Comment