बेसीशहर जेठ २०
स्थागित रहेको जिल्ला परिषद् आफ्नो दलका कारण नभएको लमजुङका राजनीतिक दलका नेताहरुले दावी गरेका छन् ।
आइतबार बेसीशहरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सम्बद्ध दलका नेताहरुले यस्तो दावी गरेका हुन् । कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले जिल्ला परिषद र र्सवदलीय वैठक आफ्नो दलका कारण स्थगित नभएको दावी गरे ।
नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठले नेकपा माओवादी र एमालेको कारण जिल्ला परिषद हुन नसकेको गुनासो गरे । उनलेे माओवादी र एमालेबीच सामन्जस्य नभएका कारण यस्तो अवस्था आएको बताए । उनले नेपाली कांग्रेस सदा परिषदका लागि सहयोगीको भूमिका निभाए पनि परिषद हुन नसकेको बताए ।
कार्यक्रममा नेकपा एमाले लमजुङका सचिव मायानाथ अधिकारीले चैत्र ३ र ४ को पर्ूव तयारी वैठक आफूहरुले तत्कालीन परिस्थितिजन्य कारणबाट स्थगित गराए पनि त्यसपछिका दिनमा परिषदको पर्ूवतयारी, परिषद तथा र्सवदलीय वैठक आफ्नो पार्टर्ीीे कारण प्रभावित नभएको भन्दै त्यो भ्रम नपाल्न आग्रह गरे ।
कार्यक्रममा राप्रपाका कार्यालय सचिव तिलक गौतमले आफ्नो पार्टर्ीीधैं जिल्लाको विकास निर्माणका लागि सहयोगी बन्न तयार रहेको बताए ।
सोमबार हुने परिषद पर्ूव तयारीको र्सवदलीय वैठकलाई सहयोग पुर्याउने अभ्रि्रायले सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, कानुन ब्यवसायी, नागरिक समाज तथा सञ्चारकर्मीहरुको उ पस्थिति थियो । कार्यक्रम सामाजिक न्याय समितिका अध्यक्ष रामकुमार भण्डारीको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment