बेसीशहर जेठ २०
बेसीशहर- जिल्लास्थित राजनीतिक दलहरु बिच बल्ल बल्ल सहमती जुटे पछि जिल्ला विकास समिति लमजुङको १९ औँ जिल्ला परिषद आगमी असार ५ गते हुने पक्का भएको छ ।
जिल्ला विकास समितीमा सोमबार बसेको र्सवदलिय बैठकले परिषदको मिति तय गरेको हो । तत्कालीन सरकारको नेतृत्व गरेको एकीकृत माओवादी र सत्ता साझेदार नेकपा एमालेबीचको विवादका कारण गत बैशाख ११ गते तय गरिएको जिल्ला परिषद् अनिश्चित कालका लागि स्थगित भएको थियो ।
जिल्ला विकास समितिले परिषदको अन्तिम तयारीका लागि आयोजना गरेको एकीकृत योजना तर्जुमा गोष्ठी नै माओवादी र एमालेको मतभेदका कारण हुन नसकेपछि जिल्ला परिषद् हुन सकेको थिएन ।
No comments:
Post a Comment