बेसीशहर जेठ २०
दुराडाँडा- लमजुङको अधिकांस स्थानमा लगाइएको चैते धान र मकै खेतीमा फौजी किराले आक्रमण गरेको छ । किराको आक्रमणबाट धान तथा मकै खेतीमा क्षति पुगेपछि किसानहरु चिन्तीत भएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको झण्डै आठसयं हेक्टर जमीनमा लगाइएको धान वाली प्रभावित भएको छ । जिल्लाका चक्रतर्ीथ, दुराडाँडा, भोर्लेटार, धमिलीकुवा, नौथर लगायतका गाविसमा लगाइएको धानवालीमा क्षति पुगेको छ । फौजी किराको कारण चक्रतिर्थ गँाउ विकास समितीमा लगाइएको चैतै धानमा सबै भन्दा बढि क्षति पुगेको कार्यालयले जनाएको छ । अधिकांस स्थानमा लगाइएको चैते धानमा क्षति पुगे पनि अझै पूरै विवरण आइसकेको छैन ।
फौजी किरा एक किसिमको पुतलीको बच्चा -लार्भा) हो । यसले रातको समयमा विरुवाको पात र डाँठ खाएर बिरुवालाई पुरै नाङ्गै पार्ने कृषि विकास कार्यालयका निमित्त प्रमुख डोलकृष्ण सुवेदीले बताए । मौसम परिवर्तनका कारण फौजी कीरालाई उपयुक्त मौसम बनेपछि यसले बाली नालीमा ब्यापक क्षति पुर्याएको छ ।
उता भोर्लेटार फँाटमा लगाइएको धानमा "प्लान्ट लिफ होपर" किराले समेत आक्रमण गरेको छ । यो किराले धानको डाँठ चुसेर पहेलै बनाउने कृषि विकास कार्यालयले जनाएको छ ।
फौज्ाी किराको आक्रमण विस्तारै मकैबालीमा समेत देखा परेको छ । जिल्लाको तार्कु, खहरे, विम्दाबेसी, चण्डिस्थान र सुन्दरबजारमा क्षेत्रका मकै बालिमा समेत यसको प्रकोप देखिएको छ । जिल्लाको सबै भन्दा राम्रो उत्पादन हुने यी क्षेत्रमा फौजी किराको आक्रमण बढेपछि किसानहरुमा चिन्ता बढेको छ ।
फौजी किराको माहमारी फैलिए पनि आबश्यक मात्र औषधी र्छकने स्पे्रयर र बिषाधी सम्बन्धीत क्षेत्रमा पुग्न सकेको छैन । यसको नियन्त्रणका लागि पर्यप्त विषादी र स्पेयर खरीद गर्न कार्यालयमा बजेट नभएकाले कार्यलयले जिल्ला विकास समिति र गाउँ विकास समितिहरुसंग सहयोग गरिदिन आग्रह गरेको छ ।
पसाउने तरखरमा रहेको चैतै धान र चमरा फूल्दै गरेको मकैमा फौजी किराले महामारीकै रुपमा आक्रमण गरेपछि खाद्यान्न अभाव र भोकमरीको पीरले किसानहरुलाई गाँजेको छ ।
महामारीको रुपमा फौजी कीराले आक्रमण गरेपछि जिल्ला कृषि विकास कार्यालयले राजनैतिक दल, कार्यालय प्रमुख, संचारकर्मी, एग्रोभेट व्यबसायी र सरोकारवालालाई फौजी किरा, यसको प्रकोप र निराकरणका उपायबारे जानकारी गराउन थालेको छ ।
No comments:
Post a Comment