scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 3, 2009

स्वास्थ्य केन्द्रमा यस्तो लापार्वाही

बेसीशहर जेठ २०र्
र्सवसाधारणको स्वास्थ्यको लागि सरकारले प्रत्येक गाउँ गाउँमा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीरुका स्थापना गरेको छ । ती चौकीमा आवस्यक स्वास्थ्यकर्मी, औषधी र सम्भव हुनेसम्मका उपकरणहरुको पनि ब्यवस्था गरिएका छन् । तर जनताको स्वास्थ्यलाई मध्यनजर गरी स्थापना गरिएका स्वास्थ्य केन्द्रमा कतिसम्मका लापर्वाही भएका छन् र कर्मचारीहरुले जनताको स्वास्थ्य र आफ्नै पेशाप्रति कतिसम्मको लापार्वाही गर्छन् भन्ने कुरा बुझन लमजुङको चिसंकु स्वस्थ्य चौकी गए पुग्छ ।
लमजुङको इशानेश्वर गाउँ विकास समितिको रामबजारमा रहेको स्वास्थ्य चौकीलाई नियालेर हर्ेदा यहाँ सामान्य स्वास्थ्य चौकीमा हुने सबै सुविधा छन् । उपकरण, स्वास्थ्यकर्मी र औषधी सबै कुराको ब्यवस्था छ । तर स्वास्थ्य केन्द्र संगै जोडिएको स्वास्थ्य चौकीका इन्चार्ज सोतीलाल साहको मेडिकलले त्यहाँ पुग्ने सबैलाई गिज्याइरहेको हुन्छ ।
स्वास्थ्य चौकीमा उपचार गराउनका लागि इशानेश्वर, भोर्लेटार, करापु, गिलुङ तथा छिमेकी जिल्ला कास्कीका हंसपुर, थुम्की लगायका बासीन्दाहरु उपचार गर्न आउँछन् । तर आएका विरामीहरुको जाँच र औषधी वितरण स्वास्थ्यक केन्द्रबाट हुँदैन । हुन्छ त यही औषधी पसलबाट । स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक सोतीलाल साह यहाँ कार्यरत रहेको १२ बर्षभैसक्यो । १२ बर्षेखि नै उनको त्यो मेडिकल स्वास्थ्य केन्द्रको मूल गेटमा विरामी कुरेर बसीरहेको छ ।
अहिले सरकारले सबै स्वास्थ्य केन्द्रहरुमा निःशुल्क उपचार र औषधीको ब्यवस्था गरिदिएको छ । तर यहाँ भने खुलेआम सरकारले निःशुल्क वितरण गर्ने औषधी विक्री वितरण भइरहन्छ ।
त्यहाँका प्रमुख साह आफ्नो स्वास्थ्य संस्थामा र्सवसाधारणले राम्रो उपचार पाएको जिकिर गर्छन् । अझ सुत्केरी सेवामा त स्वास्थ्य केन्द्रले अन्य चौकीहरुको तुलनामा अगाडि रहेको भन्न पछि पर्दैनन् उनी ।
तर स्वास्थ्य केन्द्रको प्रसुति कक्षलाई हर्ेदा उनको भनाइ र वास्तविकता र्छलङ्ग हुन्छ । स्वास्थ्य चौकीमा प्रसुति कक्ष भनेर बाहिर लेखिएको त छ तर भित्र अर्कै कुरा देख्न पाइन्छ ।अहिले स्वास्थ्य चौकीको सुत्केरी कक्ष कर्मचारीहरुको आवास गृह बनेको छ । प्रसुती कक्षमा त्यहाँका स्वास्थ्यकर्मीका लुगाफाटा, ओढ्ने, ओछ्याउने, दर्ुइ वटा खाट र अन्य सामाग्रीहरु राखिएको छ ।
अस्पतालको आकस्मिक कक्ष, विरामी राख्ने वार्ड सवै हर्ेदा लाग्छ यहाँ बर्षौदेखि विरामी नै आएका छ्रैनन् ।
स्वास्थ्य केन्द्रमा यस्तो लापार्वाही हुँदा पनि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्तो छैन । या भनौं पत्तो भएर पनि कानमा तेल हालिरहेको छ । यो त एउटा उदाहरण मात्र हो दूर दराजका गाउँहरुका स्वास्थ्य चौकीहरुको अवस्था यो भन्दा कम छैन ।

No comments:

Post a Comment