बेसीशहर जेठ २०
महिला आपसी सहयोग केन्द्र भारतेको सक्रियतामा जिल्लाका विभिन्न विद्यालयहरुमा वाल संरक्षण सम्बन्धी आचार संहिता निर्माण गरिएको छ ।
जिल्लाका विभिन्न १० वटा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको भेलाले यस्तो आचार संहित निर्माण गरेको हो ।
भक्ति नमूना उच्च मावि, गौंडा मावि ओखरी, शैलपुत्री उमावि धमिलीकुवा, ज्ञानोदय मावि भलायखर्क, महेन्द्र बाल विकास मा.वि. बोराङ, वीरभक्ति उमावि तार्कुघाट, सौभाग्य सदन उच्च मावि चक्रतर्ीथ, चैतन्योदय सत्य निमावि नौथर र शिशु विद्याश्रम निमावि चक्रतर्ीथमा लागू हुने गरी यस्तो आचार संहिता निर्माण गरिएको हो ।
बालबालिकाहरुलाई हिनतावोध र लज्जित पार्ने काम नगर्ने, झुटो आश्वासन र वालमैत्री वातावरणको सृजना गर्ने जस्ता कुराहरु आचार संहितामा समेटिएको महिला आपसी सहयोग केन्द्र भारते लमजुङका सहजकर्ता केशव अधिकारीले बताए ।
उक्त आचार संहिता निर्माणका क्रममा जिल्ला शिक्षा अधिकारी शंकर गौतम, नेपाल शिक्षक युनियन लमजुङका निवर्तमान अध्यक्ष ध्रुबबहादुर कुँवर, भक्ति नमूना उमाविका प्राचार्य गोविन्दबहादुर कुँवर, जिल्ला बालकल्याण अधिकारी नवीनचन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।
बालबालिकाको हक अधिकार संरक्षणका लागि आचार संहिताको निर्माण गरिएको लमजुङमा यो पहिलो पटक हो । यसैबीच महिला आपसी सहयोग केन्द्र भारतेले सेभ द चिल्ड्रेन नर्वेको सहयोगमा आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न विद्यालयमा कार्यरत झण्डै ८० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । शनिबार भोटेओडारमा आयोजित एक समारोहमा महिला विकास अधिकृत कल्पना बस्यालले छात्रबृत्ति वितरण गरेकी थिइन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई स्कूल ड्रेस, झोला, कलम तथा कापी छात्रबृत्ति स्वरुप वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक युनियनका निवर्तमान अध्यक्ष ध्रुबबहादुर कुँवर, जिविस लमजुङका कार्यकारी सचिव मेघेन्द्र पोखरेल, संस्थाका उपाध्यक्ष इन्दिरा लम्साल अधिकारी, कार्यक्रम संयोजक शान्ता र्राई लगायतले मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment