बेसीशहर जेठ २०
बेसीशहर- गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका बन्दीलाई बाँकी कैद मिनाह नगरिएको, वन्दीहरुले पाने सिदा समयमै नदिइएको, एकमहिनादेखि कारागारमा खानेपानी नभएको, कारागार प्रशासनले आफूहरुलाई दिने सुविधामा ब्यापक अनियमितता भएको भन्दै आन्दोलनमा उत्रेका लमजुङ कारागारका बन्दीहरुले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनमा उत्रिएका थिए ।
आज आईतवार प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, प्रहरी नायब उपरीक्षक शिबहरि वास्कोटा तथा कारागार प्रशासनले आन्दोलनरत बन्दीहरुका मागलाई पुरा गर्ने सहमति जनाएपछि आन्दोलन फिर्ता लिएका हुन् ।
आफ्ना समस्याका वारेमा पटक-पटक प्रशासनलाई जानकारी गराउँदा पनि निमित्त जेलर नेत्रराज अधिकारी कहिलेकाहीँमात्रै कारागारमा आउने, आएपनि मदिरा खाएर आउने र वास्ता नगरेको भन्दै बन्दीहरुले अधिकारीलाई कार्वाही गर्नसमेत माग गरेका
छन् । अधिकारीले कारागारलाई ब्यवस्थापन गर्न नसकेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले गृह मन्त्रालय र केन्द्रीय कारागार विभागलाई एक पत्र लेखेर अधिकारीको बैकल्पिक ब्यवस्था मिलाईदिन समेत अनुरोध गरेको छ ।
लमजुङ कारागारमा दर्ुइ महिलासहित ३१ जना बन्दीहरुछन् ।
No comments:
Post a Comment