बेसीशहर जेठ २०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमालेको नेतृत्वको वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठन भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा गत जेठ १२ गते बेसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खनालले सबभन्दा ठूलो दल माओवादी सरकार चलाउन असफल भएको र दोस्रो ठूलो दलले आँट गर्न नसकेका कारण सरकारको नेतृत्व गर्ने दायित्व एमालेको काँधमा आएको दावी गरे ।
सो अवसरमा उनले अंकगणीतिय आधारमा अहिलेको सरकार बहुमतको भए पनि राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने दावी गर्दै माओवादीलाई पनि सरकारमा ल्याउने कोसिस भइरहेकों र यसका लागि छिट्टै ठोस वार्ता गर्न लागिएको जानकारी दिए । मधेसवादी दलहरुले उठान गर्दै आएको एक प्रदेश एक मधेेसको माग कुनै हालतमा पुरा गर्न नसकिने उनले सो अवसरमा बताए ।
अहिलेको गठबन्धनलाई कम्युनिष्टको काँधमा बन्दुक राखेर कम्युनिष्टलाई नै सिध्याउने भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाईलाई प्रतिवाद गर्दै खनालले एमालेको काँधमा भएको बन्दुक अरुलाई नसोझयाउने तर प्रतिक्रियावादीहरुले सोझयाए भने नछोड्ने बताए । प्रधानसेनापतिमाथि अघिल्लो सरकारले गरेकोे कारबाहीका विषयमा सोधिएको प्रश्नमा उनले यसको पटाक्ष भैसकेकाले धेरै चर्चा नगरौं भने ।
अहिले पनि राष्ट्रिय सहमतिको खाँचो रहेको उल्लेख गर्दै खनालले १२ बुँदे भन्दा पनि उच्चस्तरको अर्को सहमतिको खाँचो औंल्याए । उनले माओवादीलाई पनि सरकार र उच्चस्तरीय संयन्त्रमा राख्नुपर्नेमा जोड दिए ।
अध्यक्ष खनालले नयाँ सरकारले एकहप्ताभित्र पर्ूण्ाता पाउने र मन्त्रालय बाँडफाँडका विषयमा दलहरुबीच अझैं छलफल चलिरहेको जानकारी दिए । ठूला पार्टर्ीीई ५/६ वटा र साना पार्टर्ीीलाई मिलाएर मन्त्रालय बाँडफाड गरिने उनले सो अवसरमा जानकारी दिए । धेरै दल सहभागी भएकाले मन्त्रीपरिषदको आकार ठूलो हुने उहाँले स्पष्ट पारे ।
कार्यक्रम प्रेस चौतारी लमजुङका अध्यक्षर् इश्वर पाण्डेको अध्यक्षतामा भएको थियो ।

No comments:
Post a Comment