बेसीशहर जेठ २०
कृषि प्राविधिकहरुको खडेरी परिरहेको अवस्थामा स्थानीय स्तरमा नै कृषि र पशुपालनमा प्राविधिक श्रोत ब्यक्तिहरुको उत्पादन गर्ने उद्देश्यले बेसीशहरमा १५ दिने कृषि तथा पशु स्रोत ब्यक्ति तालिम शुरु भएको छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट उपलब्ध प्राविधिकहरुको कमीका कारण जिल्लाको कृषि क्षेत्र प्रभावित भएको महशुस भइरहेको बेला जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरु वर्ल्ड भिजन लमजुङ एडीपी, सिड नेपाल, फिडापा नेपाल र सेकोड नेपालको साझेदारीमा यस्तो तालिम को आयोजना गरिएको हो ।
तालिममा जिल्लाका तार्कु, सुन्दरबजार, परेवाडाँडा, गाउँशहर, बेसीशहर, बाँझाखेत, चण्डीस्थान, बाग्लुङपानी र नाल्मा गाविसका गरी २४ जना अगुवा किसानहरुको सहभागिता रहेको छ ।
कृषि तथा पशुपालनका विषयमा आधारभूत ज्ञान सिकाएर गाउँ गाउँमा उन्नत प्रविधिको श्रोत ब्यक्ति उत्पादन गरी कृषिलाई ब्यवसायीक बनाउन तालिमले मद्दत पुर्याउने आयोजक सिड नेपाल लमजुङका कार्यक्रम संयोजक रामभक्त न्यौपानेले लमजुङ आवाजलाई बताए ।
No comments:
Post a Comment