बेसीशहर साउन १३
प्यासिफिक विकास बैंकले बेसीशहरमा आफ्नो कारोबार शुरु गरेको छ ।
वित्तिय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट "ख" श्रेणीको इजाजत पाएको यो बैंक लमजुङमा नीजि क्षेत्रबाट स्थापना भएको पाँचौ बैंक र लमजुङेहरुको स्वामित्वको पहिलो बैंक हो । लमजुङका उद्योगी, ब्यापारी, समाजसेवी तथा लब्धप्रतिष्ठीत ब्यक्तिहरुद्वारा स्थापित बैंकले ग्रामीण क्षेत्रमा छरीएको पूँजीलाई एकत्रित गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य सहित स्थापित बैंकले लगानीका नयाँ नयाँ क्षेत्र खोज्ने बताएको छ ।
जारी पूँजी ३ करोड र १
करोड ९५ लाख चुक्ता पूँजी रहेको बैंकले साधारण बचत, मेघा वचत, वरीष्ठ नागरिक सुरक्षा योजना, गृहणी बचत खाता, विद्यार्थी बचत, कर्मचारी बचत खाता, सुनौलो क्रमिक बाल बचत खाता, मुद्दती खाता लगायतका खाता सञ्चालनको ब्यवस्था गरेको बैंकका अध्यक्ष भेषबहादुर पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले बैंकले ब्यक्तिगत आवश्यकता, बैदेशिक रोजगार, शैक्षिक, घर निर्माण, घडेरी खरीद, कृषि, जलश्रोत लगायतका क्षेत्रमा लगानी गर्ने र प्रक्रिया पुगी आएमा २४ घण्टाभित्रै कर्जा उपलब्ध गराइने जानकारी दिए । साथै निकट भविष्यमै बेसीशहरमा एटीएम सुविधा समेत प्रदान गर्ने उनले जानकारी दिए ।
बैंकले सामान्य बचतमा ६.५ प्रतिशत,मेघा बचतमा ८ प्रतिशत, वरीष्ठ नागरिक सुरक्षा योजनामा ७ प्रतिशत, गृहणी बचत खातामा ८ प्रतिशत, बाल बचतमा ८ प्रतिशत, विद्यार्थी बचतमा ६ प्रतिशत, कर्मचारी बचतमा ६ प्रतिशत र मुद्दती खातामा १० प्रतिशतसम्म ब्याजमो ब्यवस्था गरिएको जनाएको छ।
साथै बाल बचतमा सहभागी १६ बर्षुनीका बालबालिकाका अभिभावकको निधन भएको खण्डमा निजको खातामा मौज्दात रकममा ५० प्रतिशत थपेर भुक्तानी दिने नीति ल्याएको छ भने मेघाबचत र गृहणी बचत खातामा १ लाख रुपैयाँ सम्मको निःशुल्क दर्ुघटना विमाको व्यवस्था गरिएको अध्यक्ष पौडेलले जनाकारी दिए ।
लमजुङमा हाल राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सनराइज बैंक, एभरेष्ट बैंक, गण्डकी विकास बैंक, रिलायवल फाइनान्स लिमिटेड, छिमेक विकास बैंक साना किसान लगायतका वित्तिय संस्थाहरु र विभिन्न सहकारी संस्थाहरुले विभिन्न क्षेत्रमा बैंकिङ्ग कारोबार गर्दै आएका छन् ।
No comments:
Post a Comment