scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, July 29, 2009

घलेगाउँका बासिन्दाले सुधारिएको चुलो प्रयोगमा ल्याए


घलेगाउँ साउन ६
र्सार्क राष्ट्रको नमुना ग्रामिण पर्यटन गाउँको रुपमा स्थापित लमजुङको उत्तरकन्या गाउँविकास समितिमा रहेको घलेगाउँका बासिन्दाले सुधारिएको चुलो प्रयोगमा ल्याएका छन् । घलेगाउँका ६० घरधुरीले सुधारिएको चुलो प्रयोग गरीसकेका छन् । सुधारिएको चुलो प्रयोग गर्दा ध्ाुवाँ नहुने, दाउरा कम लाग्ने, घर कालो नहुने र चिसो ठाउँ भएकाले न्यानो हुने गाउँलेहरुले बताएका छन् । सो चुलोबाट एकै पटकमा दाल भात तरकारी पकाउन सकिने भएकाले समयको खपत हुँदा निकै सजिलो भएको स्थानीय अस्मिता गुरुङले बताउनुभयो । कादुरी फाउन्डेसनको सहयोगमा गाउँमा सुधारिएको चुलो प्रयोगमा ल्याईएको निवर्तमान गाविस अध्यक्ष प्रेम घलेले बताउनुभयो ।
यो चुलो प्रयोगमा ल्याए पछि गाँउका अधिकांस महिलाहरु खुशी भएका छन् । चुलो प्रयोगमा ल्याउदा दाउरा कम् लाग्ने, धुवाँ नहुने, पकाएको भाँडामा कालो कम् लाग्ने, समयको बचतका साथै स्वास्थ्य लाई फाइदा पुग्ने भएकाले उनीहरु खुशी भएका हुन् ।
"सुधारिएको चुलो नराख्दा आगो बाले पछि धुवाँले आखा फुट्ला जस्तो हुन्थ्यो, बिरामी नै बनाउँथ्यो धुवाँले, भाडा माँझ्दा हात कालो हुन्थ्यो," स्थानीय पर्ुण्ाकाशी गुरुङले भनिन्, ँअहिले त यी सबै समस्याबाट हाइसन्चो भएको छ ।’ सुधारिएको चुलो बाले पछि कोठा पनि न्यानो हुने हुँदा चिसो क्षेत्रमा अत्यन्त उपयोगी रहेको बताइएको छ । बाँकी घरमा पनि तुूरुन्तै सो चुलो राख्ने बताइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ुण्ा संरक्षण क्षेत्र आयोजना भुजुङका प्रमुख विदुर विक्रम कुइँकेल सुधारिएको चुलोको प्रयोगले दाउरा कम लाग्ने हुँदा बनजंगलको संरक्षणमा टेवा पुग्ने बताउँछन् ।

No comments:

Post a Comment