बेसीशहर-१६ असार
एसएलसी परीक्षा २०६५ को क्रममा बालकल्याण उमावि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तथा निरीक्षकहरुबाट भएको लापार्वाहीको शिकार त्यहाँबाट परीक्षा दिने परीक्षार्थीहरु भएका छन् ।
अंग्रेजी परीक्षाको दिन केन्द्राध्यक्ष र निरीक्षकहरुको लापार्वाहीले परीक्षार्थीहरुलाई गलत प्रश्नपत्र बाँडिएका कारण सो केन्द्रमा परीक्षा दिने ३ वटा र्सार्वजनिक विद्यालयको नतिजा खस्केको छ । जसमध्ये लमजुङ उमावि गाउँशहरबाट परीक्षा दिने ४१ मध्ये जम्मा ९ जना, कालिका मिलन माविबाट परीक्षा दिने १५ मध्ये १ जना र बालकल्याण उमाविबाट परीक्षा दिने ६१ मध्ये २७ जना परीक्षार्थी मात्र उत्तर्ीण्ा भएका छन् ।
सो केन्द्रमा अंग्रेजी विषयको परीक्षाका क्रममा १८ जना नियमित परीक्षार्थीलाई एक्जाम्टेडको र १८ एक्जाम्टेडलाई नियमित तर्फो प्रश्नपत्र दिइएको थियो । गलत प्रश्नपत्र बाँडिएपछि पनि शिक्षा कार्यालय र सम्बन्धित केन्द्रका केन्द्राध्यक्ष तथा निरीक्षकहरुले सबै परीक्षार्थी पास हुने आश्वासन दिएका थिए । तर नतिजामा सो केन्द्रबाट परीक्षा दिएर अनुत्तर्ीण्ा हुनेमध्ये अधिकांशको अनिवार्य अंग्रेजी विषय व्रि्रेको सम्बन्धित विद्यालयले बताएका छन् । परीक्षार्थीलाई गलत प्रश्नपत्र बाँडेपछि केन्द्राध्यक्ष सुकदेव पौडेल कारबाहीमा परेका थिए ।
No comments:
Post a Comment