बेसीशहर साउन ६
नेपाल सरकार वातावरण, विज्ञान तथा प्राविधिक मन्त्रालयद्धारा गरिव विपन्न नागरिकहरुको जीवन स्तर उकास्नको लागी वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्र अर्न्तर्गत दिदै आएको अनुदान गरिव तथा विपन्न नागरिकहरुसम्म अझै पुग्न सकेको छैन ।
नेपाल सरकारले वायोग्याँस अर्न्तर्गत प्रति प्लान्ट ९ हजारको दरले तर्राईका जिल्लाहरु, पहाडी जिल्लामा प्रति प्लान्ट १२ हजार, दर्ुगम वाटोले नछोएका जिल्लाहरुमा रु १६ हजारका दरले प्रति प्लान्ट अनुदान तोकेको छ । गरिव तथा विपन्न जनताको जीवन स्तर उकास्न वैकल्पिक उर्जा अर्न्तर्गत वायोग्याँसमा भारी मात्रामा सहुलियत र छुट दिएतापनि हुने खाने धनी वर्गका मानिसले मात्रै वायोग्याँस निर्माण गरेकोे तर गरिव जनताले रकम कै अभावमा सो गर्न नसकेको जिविस स्थित जिल्ला उर्जा तथा वातावरण इकाइले जनाएको छ ।
जिल्ला उर्जा तथा वातावरण इकाइका लमजुङका कार्यक्रम संयोजक सुरज रेग्मीका अनुसार लमजुङमा वैकल्पिक उर्जाको धेरै सम्भावना भएतापनि राजनैतिक दल तथा स्थानीय जनताको चेतना स्तर माथि उठ्न नसक्नु तथा व्यवहारमा कार्यन्वयन पक्ष फितलो हुनको कारण वैकल्पिक उर्जाको संभावना हुँदा हुदै लमजुङ अन्य जिल्लाको तुलनामा पछाडि पर्दै आएको हो ।
त्यसो त लमजुङमा केही वर्षयता
वायोग्याँस, सौर्य विद्युत , सुधारिएको चुलो प्रयोग गर्नेको संख्या वढ्दै ग्ाएको छ । वायोग्याँस, सौर्य विद्युत प्रयोग गर्नाले समयको वचत, कम परिश्रम, वातावरण सुधार लगायतका कुरामा ठूलो सहयोग पुग्ने हुनाले यसको प्रयोग गर्नेको संख्या पहिलाको तुलनामा वढ्दै गएको हो ।
लमजुङको ६१ गाउँ विकास समितिमा ५५ गाउँ विकास समितिमा सौर्य विद्युत प्रयोग हुँदै आएको छ । जसमा ४ हजार ५ सय ७ घरपरिवारले सौर्य विद्युत प्रयोग गर्दै आएका छन् । त्यस्तै लमजुङमा ६ हजार ५ सय ६९ घर परिवारले वायोग्याँस प्रयोग गर्दै आएका छन् । लमजुङको चक्रतर्ीथ, तार्कुघाट, सुन्दर वजार , धमिलीकुवा ,चिति, परेवाडाँडा, वेसिशहर लगायतका केही गाविसहरु वायोग्याँस वढी प्रयोग गर्ने गाविसमा पर्छन् । त्यस्तै वायोग्याँस कम प्रयोग गर्ने गाविसहरुमा भुजुङ, घनपोखरा, गौडा, फलेनी, भुजुङ, दूधपोखरी लगायतका गाविस रहेका छन् । वायो ग्याँस प्रयोग नगर्ने गाविसहरुमा उत्तर कन्या, तार्कु, सिन्दुरे, पसगाउँ, मालिङ,भोजे लगायतका गाविसहरु रहेको पाइएको छ । त्यसो त अन्नपर्ूण्ा संरक्षण आयोजना भित्र पर्ने गाविसहरुमा वैकल्पिक उर्जा वायोग्याँस नहुदा वन जंगल फडानी हुदै आएकोले अन्नपर्ूण्ा संरक्षण क्षेत्र जस्ता गाउँहरुमा वायोग्याँसको आवश्यकता भएको वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment