scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, July 29, 2009

बेसीशहर अब नगरपालिका बन्ने



बेसीशहर साउन ६
आवश्यक पर्ूवाधार पूरा भइसक्दा पनि नगरपालिका बन्न नसकेको लमजुङ सदरमुकाम बेसीशहर अब छिट्टै नगरपालिका घोषणा हुने भएको छ ।
स्थानीय विकास मन्त्रालयले बेसीशहर लगायत पर्ूवाधार पुगेका विभिन्न ४१ वटा अर्धशहरी क्षेत्रलाई नगरपालिका घोषणा गर्ने तयारी गरिरहेको छ । मन्त्रालय श्रोतका अनुसार केही महिनाभित्रै ती अर्धशहरी क्षेत्रलाई नगरपालिका घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।
सरकारले बेसीशहरलगायत गाउँशहर, उदीपुर र चण्डीस्थान गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गर्न लागेको हो । यस विषयमा मन्त्रालयमा निर्ण्र्ााभैनसकेपनि यसका लागि प्रक्रिया शुरु भैसकेको बताइएको छ ।
यस अघि बेसीशहरको पुरै क्षेत्र, गाउँशहर गाविसको ९ नम्बर वडा बाहेकका सबै क्षेत्र, नाल्मा गाविसका वडा नंं १, बाँझाखेत गाविसको मर्स्याङ्दी किनारका वडाहरु, चण्डीस्थान गाविसका केही वडा मिलाएर नगरपालिका बनाउन प्रस्ताव गरिएको थिया । तर नियमावलीमा नगरपालिका घोषणा गर्दा पुरै गविस समेट्नुपर्ने प्रावधान रहेका कारण, बेसीशहर, गाउँशहर, चण्डीस्थान र उदीपुर गाविसका सबै स्थान चयन गरिएको हो । जिल्लाका नगरोन्मुख भोटेओडार र सुन्दरबजार गाविस भने नगरपालिका बन्ने सूचिमा परेका छैनन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८८ मा नगरपालिका बन्नका लागि कम्तीमा २० हजार जनसंख्या, ५० लाख रुपैयाँ बाषिर्क आय, विद्युत, सडक, खानेपानी, सञ्चार र अन्य न्यूनतम मापदण्ड पुगेका अर्धशहरी क्षेत्र हुनर्ुपर्छ । पहाडी र हिमाली क्षेत्रको हकमा भने सडक सुविधा नभए पनि १० हजार जनसंख्या र न्यूनतम ५ लाख रुपैयाँ बाषिर्क आय हुनुपर्ने प्रावधान छ । हाल बेसीशहरमा झण्डै १४ हजार जनसंख्या रहेको छ ।

No comments:

Post a Comment