scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, July 29, 2009

वि.पी. र पुष्पलालको स्मृतिमा प्रवचन


बेसीशहर साउन १३
नेपाली राजनीतिका दर्ुइ शिखरपुरुष जननायक विश्वेश्वर प्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवस नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
२८ औं वि.पी. स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस लमजुङले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा वक्ताहरुले स्वर्गीय वि.पी कोइरालाले नेपाली राजनीतिक इतिहासमा पुर्‍याएको योगदानको चर्चा गर्दै आजको वर्तमान परिवेशमा उनको मार्गदर्शन अनुसार चल्न सके देश र जनताको हित हुने कुरामा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, पर्ूव राज्यमन्त्री रामबहादुर गुरुङ, पर्ूव सभापति चन्द्रबहादुर कुँवर, डा. पर्ूण्ाकान्त अधिकारी, महासमिति सदस्य डीकेन्द्र राज कँडेल,लेखनाथ अधिकारी, नेपाल महिला संघकी अध्यक्ष सानुमाया गुरुङ, नेपाली कांग्रेस क्षेत्र नंं २ का ुसभापति गणेशप्रसाद नेउपाने, नेपाली कांग्रेस बेसीशहर गाउँ समितिका सभापति नारायणबहादुर सुयल, मर्स्याङदी क्याम्पसका स्ववियू सापति बृष बहादुर गुरुङ, अन्तरपार्टर्ीीहिला सञ्जालकी अध्यक्ष इन्दिरा तिवारी, नेपाल दलित संघका केन्द्रीय सदस्य गोपाल खाती, नेविसंघका अध्यक्ष शैलेन्द्र घिमिरे लगायतका वक्ताहरुले वि.पीको बहुआयामिक ब्यक्तित्व र जीवनीबारे प्रकास पारेका थिए । कार्यक्रम नेपाली कांग्रेस लमजुङका सभापति तुलसीनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टर्ीी संस्थापक नेता स्वर्गीय पुष्पलालको ३१ औं स्मृति दिवसका अवसरमा नेकपा एमाले लमजुङ र अखिल नेपाल महिला संघ लमजुङले संयुक्त रुपमा बुधवार एक प्रवचन कार्यक्रमको आयोजना गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्ूवमन्त्री पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य टुका हमाल, सभासद् डी.वी. कार्की, नेकपा एमाले लमजुङका सचिव मायानाथ अधिकारी, जमीन्द्रमान घले लगायतले नेपाली कम्युनिष्ट आन्दोलनमा स्वर्गीय पुष्पलालको योगदानका बारेमा चर्चा गर्दै समसामयिक राजनीतिका बारेमा मन्तब्य राखेका थिए ।
पुष्पलाल स्मृति दिवसकै अवसरमा प्ररायुसंघ नेपाल, लमजुङले मंगलवार "कम्युनिष्ट आन्दोलनमा युवाहरुको भूमिका" विषयक विचार गोष्ठीको आयोजना गरेको थियो ।
संघका अध्यक्ष सिंहबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य टुका हमाल, जिल्ला कमिटी सचिव मायानाथ अधिकारीलगायतले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment