चामे-मनाङ) साउन ६
यार्चागुम्बा संकलन गर्न मनाङको नार गाविस पुगेका ७ जना गोरखालीको विभत्स हत्या भएको छ ।
यार्चागुम्बा टिप्न अनुमति नलिएको भन्दै नारवासीले गोरखालीलाई गाउँ प्रवेश गर्न नदिएपछि स्थानीयबासी र गोरखालीबीच झडप भएको र झडपको क्रममा सातजना गोरखालीको हत्या भएको मनाङ प्रहरीले जनाएको छ ।
गत असार १७ गते उनीहरुको हत्या भएको अवस्थामा शव फेला परेपछि त्यसतर्फप्रहरी खटाइ घटनाको अनुसन्धान शुरु गरिएको थियो ।
मृत्यु हुनेमा गोरखाको केरौंजा गाविसका ३५ बषिर्य ज्ञानबहादुर गुरुङ, २९ बषर्ीय सुच्च गुरुङ, १५ बषर्ीय गोरे गुरुङ, १७ बषर्ीय ध्रुव गुरुङ,१५ बषर्ीय कामी गुरुङ, १६ बषिर्य सोवार गुरुङ र १७ बषर्ीय आइतमान गुरुङ रहेका छन् । उनीहरुमध्ये ज्ञानबहादुर गुरुङ र सोवार गुरुङको शव भेटिएको र सनाखत गरी आफन्तहरुलाई बुझाइएको मनाङ प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले नार गाविसका ६८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । तीमध्ये ६ जनालाई म्याद थप गरी हिरासतमा लिइएको, २२ जनालाई सामान्य सोधपुछ पछि हाजिर जमानीमा छोडिएको र ३९ जनासंग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment