scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, July 29, 2009

नेपाली नागरिकता लिने भारतीय पर्ुपक्षको लागि थुनामा

बेसीशहर साउन ६
नेपाली हूँ भन्दै नेपाली नागरिकताको प्रमाण पत्र लिने एक भारतीयलाई लमजुङ जिल्ला अदालतले पर्ुपक्षको लागि थुनामा पठाएको छ ।
भारतको विहार जिल्ला अर्न्तर्गत रक्सौल घर भइ बेसीशहरमा पाउरोटी बेच्दै आएका आदेश दास बानियालाई जिल्ला अदालत लमजुङको आदेशमा पर्ुपक्षका लागि कारागार चलान गरिएको हो । उनलाई नागरिकता दिन सघाउने गाउँशहर ४ निवासी समिराम दमैसंग धरौटी माग भए पनि धरौटीरकम जम्मा गर्न नसकेपछि उनी पनि थुनामा गएका छन् ।
समिरामले गाउँशहरबाट नाल्मा गाविस बसाइँ सराइँ गरेको कागज बनाई नाल्मा गाविसको सचिव हितमान गुरुङलाई झुक्याएर आफू र आदेश दाजु भाइ भएको र ८ बर्षम्म भारतमा बसेको भन्दै नागरिकताको लागि सिफारिस बनाएका थिए ।सचिवले म उसलाई चिन्दिन भन्दा पनि परियारले धेरै बर्षविदेशमा बसेर आएको, मेरा भाई हो भनि आफ्ना बाबु तुलबहादुरलाई बाबु कायम गर्राई नागरिकता दिलाएका थिए । यस बापत उनले आदेशसंग १० हजार रुपैयाँ लिएका थिए ।
लमजुङ जिल्ला अदालतले समिराम दमैलाई ७७ हजार रुपैयाँ धरौटी माग गरेकोमा उक्त रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको छ । यसबाहेक अदालतले आदेशले लिएका नागरिकताका लागि वडा मुचुल्कामा सही गर्ने नाल्मा-९ का देवीजंग गुरुङ, बाबु बन्ने तुलबहादुर दमै र सिफारिस गर्ने गाविस सचिव हितमान गुरुङलाई समेत पक्राउ गर्न पर्ूर्जी जारी गरेको छ ।
भारतीय नागरिक आदेशले गत जेठ ६ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन् । उनको नागरिकता नम्बर ४५१०२६/८७०८ हो । उनले लिएको नागरिकतामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलको हस्ताक्षर छ । हाल आदेशले लिएको नागरिकता रद्द गर्नका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको सहायक प्रजिअ बाबुराम लामिछानेले बताए । यस मुद्दामा कसुर ठहर भए ५ बर्षम्म कैद वा २० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी ब्यवस्था छ ।

No comments:

Post a Comment