बेसीशहर साउन २०
कृषि उत्पादनलाई गाउँको पहिचानको रुपमा स्थापित गरी किसानहरुलाई ब्यवसायीक रुपमा कृषि उत्पादनमा प्रोत्साहित गर्ने र सोही उत्पादनलाई जिल्लाको पहिचानको रुपमा विकास गर्ने उद्देश्यका साथ लमजुङमा तीनवटा कृषि उत्पादन छनोटमा परेका छन् ।
लमजुङ उद्योग बाणिज्य संघले ल्ामजुङको अलग पहिचान दिने उदेश्यले छनोट ती उत्पादन छनोट गरेको हो । छनोटमा परेका उत्पादनमा अल्लो, पशुपालन-भेडाबाख्रा) र मह छन् । एक गाउ एक उत्पादन कार्यक्रम अर्न्तर्गत प्राथमिकताको आधारमा अल्लो, भेडाबाख्रा पालन, मह र ग्र्रामिण पर्यटन गरि चार उत्पादन छनौट गरिएको संघका प्रथम उपाध्यक्ष पर्ूण्ालाल श्रेष्ठले बताए ।
ती मध्ये अल्लो परम्परागत व्यवसाय भएकाले त्यसको संरक्षण गर्न तथा अल्लो उत्पादनले राष्ट्रिय र अन्तराष्ट्रिय बजार समेत लिन सक्ने भएकाले एक गाउँ एक उत्पादनका लागि अल्लोलाई मुख्य प्राथमिकतामा राखिएको उनले बताए ।
कार्यक्रममा ग्रामीण पर्यटनलाई समेत एक गाउँ एक उत्पादनको सूचिमा राखिएको छ । ग्रामीण पर्यटन आफैमा कुनै उत्पादन नभए पनि यसलाई एक गाउँ एक उत्पादनको सूचिमा राखिएकोमा केहीले अचम्म पनि मानेका छन् । जिल्लाका घलेगाउँ, घनपोखरा, खासुर, भुजुङ र पसगाउँ लगायतका गाउँहरु ग्रामीण पर्यटनमा उन्मुख छन् ।
लमजुङको घर्ेर्मु, भूलभूले, पसगाउ, भोजे, घनपोखरा, उत्तरकन्या, बन्सार, ढोडेनी, फलेनी लगायतका उच्च पहाडी क्षेत्रहरुमा अल्लो प्रशस्त पाइनुका साथै बाख्रापालन समेत राम्ररी फस्टाएको छ । हाल जिल्लाका गाउँशहर, तार्कुघाट, धमिलीकुवा, बााझाखेत लगायतका गाविसमा ब्यवसायिक रुपमा मह उत्पादनसमेत हुन थालेको र यहाँ उत्पादित महको देशका विभिन्न भागमा माग हुने गरेकोले यी उत्पादनलाई प्राथाकिमतामा राखी एक गाउँ एक उत्पादनको अवधारणा ल्याइएको बताइएको छ ।
No comments:
Post a Comment