scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 11, 2009

दूधपोखरी नुहाउनेहरुको घुइचो बढ्दो


बेसीशहर साउन २०
सुदुर पर्ूर्वी लमजुङको दूधपोखरी कुण्डमा नुहाउनेहरुको र्घर्ुइँचो बढ्न थालेको छ । पुण्य कमाएर मोक्ष प्राप्त हुने विश्वासका साथ अहिले सयौं तर्ीथयात्रीहरु दूधपोखरी कुण्ड नुहाउन हिँडेका छन् ।
नेपालको मध्य पहाडी जिल्ला लमजुङको सुदुरपर्ूवमा पर्ने दूधपोखरी कुण्डमा हरेक बर्षजनैपूणिर्माका दिन धार्मिक मेला लाग्ने गर्दछ । देवादिदेव महादेवको बासस्थानको रुपमा परिचित यो कुण्डमा जनैपूणिर्मा गएर नुहाए सम्पर्ूण्ा पाप नष्ट भइ मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।
लमजुङको दूधपोखरी गाविसमा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक बर्षजनै पूणिर्मामा भक्तजनहरुको ठूलो घुइँचो लाग्छ । लमजुङबाहेक गोरखा, तनहू, कास्की, चितवन र काठमाडौंदेखिका तर्ीथालु भक्तजनहरु यस पोखरीमा नुहाउन आउँछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने विश्वास रहँदै आएको छ ।
मानववस्तीबाट निकै टाढा रहेको दूधपोखरी पुग्नका लागि पृथ्वी राजमार्ग अर्न्तर्गत तनहूँको डुम्रे बजारदेखि २५ किलोमिटर उत्तर लमजुङको पाउँदीबजारसम्मा मोटरमा गइ त्यहाँबाट पैदल यात्रा शुरु गर्नुपर्छ । पाउँदीबजारबाट तार्कुघाट, मोहोरियाकोट, प्यारजुङ, गौंडा, इलमपोखरी, जोर्ने, लिपेलेक, बाङ्गे ओडार, गैरर्ीखर्कर्,धर्म गौंडो हुँदै दर्ुइ दिनको यात्रा पछि दूधपोखरी पुग्न सकिन्छ ।
उच्च हिमाली क्षेत्रमा पर्ने र मानववस्तीबाट निकै टाढा रहेकाले यहाँ जाने बाटो स्पष्ट छैन । तर्ीथयात्रीहरुले सामान्य बाटोको आकार पत्ता लगाउँदै हिँड्नर्ुपर्छ । त्यहाँको बाटो पनि निकै अप्ठेरो छ । त्यसैले दूधपोखरी जाँदा अनुभवी तर्ीथयात्री अथवा स्थानीय बासीन्दाको सहयोग नलिए बाटो विराउने सम्भावना बढी हुन्छ । भीर, जंगल, खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने भएकाले निकै कठीन भए पनि रोमाञ्चकारी हुन्छ । यात्राको क्रममा जुकाले पनि त्यतिकै सताउने गर्छन् ।
दूधपोखरीको यात्रा कठीन भए पनि मनोरम प्राकृतिक दृष्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै हुँदैन । चराचुरुङ्गीको चिरविराहट, असंख्य लेकाली फूल, बनस्पति दूधपोखरीको यात्राका क्रममा सुन्न/देख्न पाइन्छ । लोपोन्मुख, जंगली जनावरदेखि बहुमूल्य जडिबुटीहरु यस भेगमा पाइन्छन् ।
जोर्ने भन्दा माथि मानव वस्ती नभएकाले त्यहाँ खानेकुरा र पिउने पानी पनि पाइँदैन । त्यसैले यात्राका क्रममा पर्यप्त खानेकुरा र खानेपानीको जोहो तर्ीथयात्री स्वयमले गर्नुपर्छ । दूधपोखरीको यात्रामा बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठमा पुग्नु पर्छ । तर्सथ तर्ीथयात्रीहरुले टेण्ट र ओढ्ने ओछ्याउनेको प्रवन्ध आफैले गर्दछन् ।
दूधपोखरी पुग्न ४-५ घण्टाको दूरी बाँकी रहँदा भेडीगोठहरु भेटिन्छ । तर्ीथयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले निकै सहयोग गर्छन् । गोठमा दूध, दही, छर्ुर्पी, लगायतका खानेकुरा पाइन्छन् । थकाइले लखतरान परेका बेला त्रिपालले छाएको साँघुरो गोठमा आगो ताप्दै थकाइ मार्न पाउँदा र खानेकुरा खान पाउँदा तर्ीथयात्रीहरु निकै आनन्दको महसुस गर्दछन् ।
दूधपोखरी पुग्न केही दूरी मात्र बाँकी रहँदा धर्म गौंडो भन्ने ठाउँ आउँछ । यो गौंडो कट्न जो कोही पनि नसक्ने धार्मिक विश्वास छ । जो यो गौंडो कट्न सक्छ उसको सबै पाप हटेको विश्वास रहँदै आएको स्थानीय बलबहादुर गुरुङ बताउनुहुन्छ ।
भेडीगोठबाट ४ घण्टा हिँडेपछि दूधपोखरी कुण्ड आउँछ । हिमालको काखमा रहेको हुनाले यहाँ निकै जाडो हुन्छ । पोखरीमा नुहाएर पूजा अर्चना गरी पर््रार्थना गर्दा तर्ीथयात्रीहरु मन धेरै हल्का भएको महशुस गर्छन् । दूधपोखरी धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या पनि त्यतिकै हुन्छ । धेरै मोटा, रोगी, बृद्ध र बालकहरुका लागि यहाँको यात्रा निकै कठीन हुन्छ ।
दूधपोखरीमा यात्रुहरु बस्ने, थकाइ मार्ने धर्मशालाको ब्यवस्था अहिलेसम्म भएको छैन । दूधपोखरी पहिले निकै गहिरो थियोे । चेपे नदीको मुहान यो पोखरीको संरक्षण नभएकै कारण पुरिँदै गएको बर्षौदेखि दूधपोखरी नुहाउँदै गरेका भक्तजनहरु बताउँछन् ।
धार्मिक तथा पर्यटकीय महत्वको
दूूधपोखरी कुण्डको संरक्षणमा अब पनि सम्बन्धित निकायले चासो नदिने हो भने भोलिका पुस्तालाई दूधपोखरीको कथा सुनाउनु बाहेक अर्को विकल्प नरहने स्थानीय समाजेवी िडोलराज भट्टर्राई बताउँछन् । धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरीको संरक्षण सर्म्बर्द्धन र प्रचार प्रसार गर्न सके यो ठाउँको मात्र होइन, सिंगो लमजुङको विकासमा टेवा पुग्ने देखिन्छ ।

No comments:

Post a Comment