scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 11, 2009

सेफ्टी ट्या“की खन्दा सुरुङ भेटियो


बेसीशहर साउन २०
घर्ेर्मु गाउँ विकास समितिको एक घरमा शौचालयको सेफ्टीट्याँकी खन्ने क्रममा जमीनमुनी सुरुङ भेटिएको छ ।
लमजुङको घर्ेर्मु गाउँ विकास समिति वडा नंं ५ घर्ेर्मुफाँटका यमबहादुर गुरुङको जमीनमुनी सुरुङ भेटिएको हो । शौचालयको सेफ्टीट्याङ्ककी खन्ने क्रममा करीब २ फुट चौडाइ र ३ फुट उचाई को सुरुङ भेटिएको स्थानीय खड्ग गुरुङले जानकारी दिए । उनका अनुसार सुरुङको लम्बाइ भने निकै लामो छ । अँध्यारो भएका कारण सुरुङको लम्बाइ यकिन गर्न नसकिएको गुरुङले बताए ।
खाडल खन्ने क्रममा सुरुङ भेटिएपछि शौचालय बनाउने काम रोकिएको छ । स्थानीयबासीन्दामध्ये कोहीले बाइसे चौविसे राज्य भएको बेलामा लमजुङमा राज्य गर्ने घले राजा तथा शाह राजाहरुले उक्त सुरुङ निर्माण गरेको हुनसक्ने अनुमान गरेका छन् ।
भेटिएको भनिएको सुरुङ शहर बजार
का नालीको आकारमा रहेको र माथि ढुंगाका छपनीले छोपिएकोले सुरुङ नभै परापर्ूवकालमा निर्माण गरिएको कूलो हुनसक्ने अनुमान केही स्थनीय बासीले गरेका छन् । कूलो निर्माण भएपनि कालान्तरमा कुलो पुरिएको अनुमान उनीहरुको छ । तर गाउँलेहरुबाहेक यसको अध्ययन अन्य निकायबाट नभएकाले वास्तविकता के हो भन्ने खुल्न नसकेको गुरुङले बताए । सुरुङको वास्तविकता बारे बुझन स्थानीयबासीन्दाले स्थानीय प्रशासन, प्रहरी र सञ्चारकर्मीहरुलाई आग्रह गरे पनि अहिलेसम्म त्यहाँ कोही पनि गएका छैनन् ।

No comments:

Post a Comment