बेसीशहर- लमजुङ बिद्युत उपभोक्ता संस्थाको कार्यसमितिले लाखौ आर्थिक अनियमितता भएको आरोपमा पदबाट घटुवा गरिएका लेखापाल कपिल घिमिरे स-सम्मान पदमा पुनर्वाहली भएका छन् ।
संस्थामा भ्रष्टचार भएको विषयमा गठित छानवीन समितिले आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा गत मंसिरमा त्यहाँ कार्यरत तीन जना कर्मचारीलाई कार्वाही गरेको थियो । जसमध्ये लेखाप्रमुख कपिल घिमिरे र रामकृष्ण बराल सफाइ पाइ पुरानै पदमा वाहल भएका छन् ।
छानवीन समितीले एकसाता लगाएर गरेको छानवीनमा सहलेखापाल धु्रवराज तिवारीलेृ १ लाख ८२ हजार १ सय ४० रुपैया ४० पैसा अनियमिता गरेको ठहर गरी उनलाई तीन महिना निलम्बन र चौथो तहबाट तेस्रो तहमा घटुवा घरेको थियो । अनियमिततामा संलग्न भएको आरोपमा लेखाप्रमुख घिमिरेलाई छैटौ तहबाट घटुवा गरि पाचांै तहमा झार्नुको साथै उनले सम्हाल्दै आएको लेखा अधिकृतको पदबाट मुक्त गरी लेजर शाखाको जिम्मा दिइएको थियो । बराललाई भने दर्ुइ ग्रेड रोक्का गरिएका थियो ।
समितिले आफू निर्दोस हुँदा हुँदै पनि पर्ूवाग्रही भएर कारबाही गरेको भन्दै घिमिरेल शुरुमा कार्यसमितिलाई कारबाही पुनर्विचार गर्न लिखित निवेदन दिएका थिए । तर समितिले पुनर्विचार नगरेपछि उनले पुनरावेदन अदालत पोखरामा मुद्दा दायर गरेका थिए ।
आफूमाथि अन्याय भएको भन्दै घिमिरेले पुनरावेदन अदालतमा मुद्दा दायर गरेपछि समितिले उनलाई मुद्दा फिर्ता लिने शर्तमा ससम्मान पुरानै पदमा बाहल गरेको बताइएको छ ।
No comments:
Post a Comment