बेसीशहर-साउन २७
मध्य तथा सुदुरपश्चिमका केही जिल्लामा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणका लागि सहयोग जुटाउने उद्देश्यले लमजुङमा आइतबारदेखि राहत संकलन शुरु गरिएको छ ।
सयौंको ज्यान जानेगरी जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा फैलिरहेको झाडापखला रोग नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन रोट्र्ायक्ट क्लव अफ लमजुङले राहत संकलन अभियान थालेको हो ।
हैजा तथा झाडापखला प्रभावित जिल्लाहरुमा अझैपनि पर्यप्त मात्रामा औषधी तथा आबश्यक सामाग्री नपुगेको समाचार आइरहेकोले मानवीय भावनाले प्रेरित भई राहत संकलन अभियान शुरु गरिएको क्लबका अध्यक्ष प्रदिप बस्नेतले बताए ।
राहत संकलनको पहिलो दिन मात्रै नगद १४ हजार रुपैयाँ, दर्ुइ कार्टर्ुुजीवनजल र मिनिरल वाटर डेड कार्टर्ुुसंकलन भएको छ । राहत संकलन अभियान एक साता सम्म चल्ने क्लबले बताएको छ । बषर्ाका कारण राहत संकलनमा कठिनाई भइरहेको छ । संकलित राहत रकम तथा औषधी लिएर रोटरी क्लब लमजुङका सदस्यहरु आफै आबस्यक चिकित्सक सहित झाडापखला प्रभावित जिल्लाहरुमा पुग्ने राहत संकलन टोलीले बताएको छ ।
No comments:
Post a Comment