scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 11, 2009

कस्ता पेय पदार्थ सेवन गर्दैछौं हामी -



बेसीशहर साउन २७
बहुराष्ट्रिय कम्पनी पेप्सीकोलाको एक लोकप्रिय उत्पादनमा जनस्वास्ग्यमा प्रतिकूल असर पुग्ने अखाद्य वस्तु भेटिएको छ ।
वरुण वेभरेज नेपाल प्रा.लि.द्वारा उत्पादित स्लाईस नामक पेय पदार्थमा यस्तो अखाद्य मिसावट भेटिएको हो । लमजुङमा विक्रीका लागि ल्याइएको स्लाइसको सिलवन्दी बोत्तलभित्र पुकार गुट्खा र अन्य लेदो पदार्थ भेटिएपछि लमजुङमा यस्ता पेय पदार्थको सेवन गर्नेहरुको संख्या घटेको छ ।
लमजुङ सदरमुकाम बेसीशहरको सेराबजारस्थित मिलन रेष्टुरेण्टमा अखाद्य पदार्थ मिसिएको स्लाईसको बोत्तल फेला परेको हो । सिलबन्दी बोत्तलभित्र स्लाइसको झोलसंगै पुकारको खोल र लेदो पदार्थ भेटिएपछि उनले यस विषयमा
पेप्सीको स्थानीय डिलर र पेप्सीकोला कम्पनीमा समेत खबर गरेका थिए । कम्पनी र डिलरले उक्त बोत्तलको सट्टामा नयाँ अर्को बोत्तल दिने यस बारेमा कतै नभन्न आग्रह गरेको रेष्टुरेण्टका सञ्चालक मिलन लोहनीले बताए ।
लोहनीका अनुसार उनको रेष्टुरेण्टमा अहिलेसम्म ३ वटा बोत्तलमा यस्तो मिसावट भेटिएको छ । भेटिएको मध्यै एक बोत्तल प्रशासनमा बुझाउन राख्दा डिलरले आफू नभएको मौका छोपी सुटुक्क झिकेर लगेको उनले बताए ।
तेस्रो पटक पनि सिलवन्दी बोत्तलमा गुट्खा भेटिएपछि लोहनीले सञ्चारकर्मीहरु बोलाएर जानकारी गराएका थिए । बेसीशहर निवासी शिवराम सिलवाल बजारमा स्वास्थ्यका लागि हानिकारक हुने अखाद्यपदार्थ पठाउने पेप्सीकोला कम्पनीलाई कारबाही गर्नुपर्ने माग राख्छन् । उनी भन्छन्- "बहुराष्ट्रिय कम्पनीको नाममा र्सवसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने किसिमका खाद्य पदार्थहरु बजारमा पठाउन पाइँदैन । या त स्लाइसको बोत्तलमा उपहार योजना राखिएको हो भन्नु पर्‍यो, नभए कारबाहीको भागीदार हुनुपर्‍यो ।"
लमजुङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल त्यस्ता उत्पादन बजारमा पठाउने कम्पनीलाई कारबाही हुनुपर्ने बताउँछन् । त्यस्तो प्रमाणसहित कार्यालयमा उजुरी परे कारबाही प्रक्रिया अघि बढाउने उनले प्रतिवद्धता जनाए । प्रजिअले प्रतिबद्धता जनाए पनि यस विषयमा उजुरी भने परेको छैन ।

No comments:

Post a Comment