बेसीशहर साउन २७
नागरिक सर्वोच्चता लगायतका विभिन्न माग सरकारले पुर नगरेको भन्दै आन्दोलनमा उत्रेको एकीकृत नेकपा माओवादीले साउन २५ गते लमजुङ सदरमुकाम बेसीशहरमा विरोध सभाको आयोजना गर्यो ।
बेसीशहरको सेराबजारमा आयोनजा गरिएको विरोध सभामा एकीकृत नेकपा माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले शान्ति, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सरकार लगायतका विभिन्न विषयमा माओवादीले अघि सारेका मागहरु वर्तमान सरकारले पुरा नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । उनले हाल देशमा सरकार भए पनि जनताको आदेशमा नभै विदेशीहरुको इशारामा चलेको आरोप लगाए ।े वर्तमान सरकारले राष्ट्रपतिको कदमलाई संसदमा बहस गर्न नदिएकोले यसबाट नागरिक सर्वोच्चतालाई अस्वीकार गरिएको प्रष्ट हुने दावी उनले सो अवसरमा गरे ।
No comments:
Post a Comment