scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 11, 2009

प्यासिफिक बैंक उद्घाटन


बेसीशहर साउन २७
दर्ुइसाता अघि कारोबार शुरु गरेको बेसीशहरस्थित प्यासिफिक डेभलपमेण्ट बैंकको शनिबार औपचारिक उद्घाटन भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझीले बैंकको उद्घाटन गर्दै वित्तिय संस्थाहरु एकीकृत भै अघि बढ्न सकेमा बलिया हुने र त्यसले देशको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने स्पष्ट पारे ।
बैंकका अध्यक्ष भेषबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका सचिव मायानाथ अधिकारी, नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका जिल्ला कमिटी सदस्य सुरेन्द्र बोहरा, प्रजिअ विष्णुप्रसाद पोखरेल,लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, बैंकका संचालकहरु क्रमशः जमीन्द्रमान घले, डिकेन्द्रराज कँडेललगायतल मन्तब्य राखेका थिए ।
लमजुङे ब्यवसायीको लगानी रहेको यो बैंकले प्रक्रिया पुगी आएमा २४ घण्टाभित्र ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

No comments:

Post a Comment