सुन्दरबजार साउन २७
सुन्दरवजार गाविस वडा नं. ३ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । स्थानीय बासीन्दा र प्रहरीको सहयोगमा मन्दिर परिसरमा वृक्षारोपण गरीएका हो ।
५२ रोपनी क्षेत्रफल रहेको सो मन्दिर परिसरमा निकट भविष्यमा पार्क स्थापना गर्ने लक्ष्य रहेकाले पर्ुवाधार विकासका लागि बृक्षारोपण कार्य सुरु गरिएको हो । मन्दिर परिसरमा गुलमोहर, रिठ्ठा, धुपि लगायतका करिव ५ सय विरुवा रोपिएको छ ।
मन्दिरको संरक्षण सगै सो क्षेत्रमा पार्क बनाउने उद्देश्यले वृक्षारोपण गरिएको मन्दिर विकास संरक्षण समिती बताएको छ । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक भेषराज रिजालको नेतृत्वको प्रहरी टोलीले स्थानीयबासीको सहयोग र मन्दिर विकास तथा संरक्षण समितिको समन्वयमा मन्दिर परिसरमा वृक्षारोपण गरेको थियो । २ सय बर्षपुरानो मानिने लक्ष्मीनारायण मन्दिरलाई बरपीपलले बेरेर राखेको छ । सामाजिक कार्यमा प्रहरीको सहभागिताले स्थानियबासी खुशी भएका छन् ।
No comments:
Post a Comment