बेसीसहर- अमिलो जातका फलफुलमा लाग्ने ग्रिनिङ रोगले सुन्तला, निबुवा, मौसम, जुनार लगायतका फलफुलका बोटहरु मरि किसानहरुलाई नोक्सान भइरहेको अवस्थामा लमजुङमा एक प्राविधिकले त्यस्तो रोगबाट मुक्त स्वस्थ विरुवा उत्पादन गर्न उन्नत प्रविधिको नर्सरी स्थापना गरेका छन् ।
अमिलो जातका फलफुलका बोटहरुमा ँसिट्रससिल्ला’ नामको किराको आक्रमणबाट ग्रिनिङ रोग र्सर्ने भएकाले उक्त किराको आक्रमणबाट बचाएर स्वस्थ विरुवा उत्पादन गर्न उन्नत प्रविधिको नर्सरी स्थापना गरिएको हो । लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नं.८ पाखाथोकमा कृषि प्राविधिक जीवनवजङ्ग थापाले उन्नत प्रविधिको नर्सरी स्थापना गरेका हुन् । सिट्रससिल्ला किराको आक्रमणबाट हुने ग्रिनिङ रोगबाट जोगाउन जालीदार टनेल बनाएर विरुवा उत्पादन गरिएको थापाले बताए । थापा नेपाल सिमि नामक एक गैरसरकारी संस्थाको जिल्ला प्रवन्धकका रुपमा कार्यरत छन् ।
सुन्तला, मौसम, निवुवा लगायतका फलफुलको प्रचुर सम्भावना रहेको यस जिल्लामा ग्रिनिङ रोगका कारण सुन्तला लगायतका बोटहरु मरेपछि किसानहरु मर्कामा परेका थिए । नेपाल कृषि अनुसन्धान परिषद, खुमलटारका वरिष्ठ बैज्ञानिक डा.कृष्ण प्रसाद पौडेल र जिल्ला कृषि विकास कार्यालय लमजुङका वरिष्ठ वागवनी अधिकृत डोलकृष्ण सुवेदीको प्राविधिक सहयोगमा ँरुटस्टक’ ८ हजार, ँसाइनिष्टिक’ कलमी हाँगाहरु उत्पादन शुरु गरिएको नर्सरी धनी थापाले बताए । करिव २ लाख खर्चमा निमार्ण्र्ाारिएको उक्त उन्नत प्रविधिको नर्सरीबाट स्वस्थ विरुवाहरु माघ सम्ममा उत्पादन भैसक्ने थापाले जानकारी दिए । कृषि कार्यालयको नियमिति अनुगमन र सरसल्लाहमा निमार्ण्र्ाारिएको यस नर्सरीबाट उत्पादित विरुवाले किसानहरुमा रोगबाट हुने नोक्सानको खतराबाट पर्ुण्ारुपमा बच्न सक्ने कृषि विकास कार्यालयका वरिष्ठ वागवनी अधिकृत डोलकृष्ण सुवेदी बताउँछन् ।
No comments:
Post a Comment