scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 16, 2009

माओवादी नेतृत्वको सरकार कहिल्यै आउ“दैनः कोइराला

बेसीशहर-भदौ ३० गते
 एकीकृत नेकपा म्ााओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादी नेतृत्वको सरकार छिटै आउने दावी गरिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले अब माओबादी नेतृत्वको सरकार कहिल्यै आउने नसक्ने ठोकुवा गरेका छन् ।
९६ औं विपि जयन्तीको अवसरमा नेपाली कांग्रेस लमजुङले बुधवार सदरमुकाम बेसीशहरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले भने -"यो सरकार ढल्छ, र माओवादीको नेतृत्वको सरकार आउछ" भन्ने सोच्नु माओवादीको दिवासपना मात्र हो । यो अव सम्भव छैन । उनले सविधान निर्माण र स्थायी शान्ति स्थापित नभएसम्म अहिलेकै सरकार कायम रहने दावी गरे । "जवसम्म सविधान बन्दैन र स्थायी शान्ति प्रक्रिया तार्किक निस्कर्षा पुग्दैन, तबसम्म यो सरकार रहन्छ ।"  उनले वर्तमान सरकारलाई कांग्रेसले आन्तिम समयसम्म साथ दिने  स्पष्ट पारेे ।
कांग्रेसले ठूला त्याग गरेर म्ााओबादीलाई जंगलबाट सरकारसम्म पुर्‍याएपनि नेकपा माओवादी जिम्मेबार बन्न नसकेकाले जनताको विश्वास गुमाइसकेको कोइरालाको भनाइ थियो ।
नेपालमा प्रजातन्त्रका लागि जति पटक आन्दोलन भएपनि सिस्टम नबसेका कारण प्रजातन्त्र कमजोर भैरहेको उल्लेख गर्दै कोइरालाले विपिको समाजबादको बाटो अवलम्बन गरे देशको अग्रगति हुने धारणा राखे । कांग्रेसभित्र पनि सिस्टम नभएका कारण कार्यकर्तामा वितृष्ण आएको बताउदै उनले अबको महाधिवेशनले न्याय, विवेक र मर्यादक्रम हेरेर सवैलाई समेट्ने र सम्पर्ूण्ा कमीकमजोरी सच्याएर एक/दर्ुइ बर्षै पार्टर्ीीत्र कायपलट हुने उनले दावी गरे ।
कोइरालाले  कार्यकर्ता हरुलाई यसको उसको मान्छे नभनी पार्टर्ीीति भरोसा राख्न आग्रह समेत गरे । "यो गिरिजाको, यो शुशिलको यो शेरबहादुरको र यो रामचन्द्र पौडेलको मान्छे हैन, तपाइँहरु पार्टर्ीीे बन्नुस् मान्छे अमर हुँदैन पार्टर्ीीधै अमर रहन्छ- उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल पहाडीले मूलूकको भविष्य बनाउने दयित्व कांग्रेसमा रहेको बताउदै कार्यकर्ताहरुलाई जुझारु हृुन आवहान गरे ।
 नेपाली कांग्रेस लमजुङका सभापति तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती लगायतले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment