scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 11, 2009

जलविद्युत आयोजना बन्द गर्ने स्थानीयबासीको चेतावनी

बेसीशहर-साउन २७
खोला आसपासमा रहेका गाउँलाई नै बेवास्था गरी निमार्ण्र्ाार्य शुरु गरिएको भन्दै स्थानियबासीले सिउरी खोला जलबिद्युत आयोजनाको निर्माण कार्य बन्द गर्ने चेतावनी दिएका छन ।
लमजुङको भुलभुले र बाहुनडाँडा गाविसको सिमानामा रहेको सिउरीखोलामा निर्माण गर्न लागिएको पाँच मेघावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजना बन्द गर्न स्थानीयबासीले चेतावनी दिएका हुन् । भुलभुले गाविसको वडा नं. ९ सेरा, ताराचोक र लुदी गाउँका बासीन्दाले आँफुहरुसँग छलफलनै नगरी निमार्ण्र्ााार्य थालिएको भन्दै परियोजनाको काम बन्द गर्न चेतावनी दिएका छन् ।
म्यादी ग्रुप प्रा.लि. काठमाण्डौले निमार्ण्र्ाार्न लागेको उक्त जलविद्युत आयोजनासँग शिक्षा, स्वास्थ्य, रोजगार, सडक, पुल, सिञ्चाइ, गरिबी निवारण, विद्युतिकरण लगायतका १२ बुँदे माग राखिएको सेरा, ताराचोक, लुदी विद्युत सरोकार समितिका अध्यक्ष कमल बहादुर खत्रीले बताए । प्रत्यक्ष प्रभावित यी गाउँहरुसंग सरोकार नै नराखी आयोजना निमार्ण्र्ाार्न लागिएकोले निर्माण कार्य बन्द गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला स्थित राजनैतिक दलहरुलाई निवेदन दिइएको सरोकार समितिका सचिव तुला महतले बताए । "अहिले सम्म आयोजनाको काम रोकेका छैनौं, तर माग प्रति बेवास्था भए काम पनि रोकिन्छ"- महतले भने । करिव ७२ करोड रुपैयाँको लगानीमा निमार्ण्र्ाार्न लागिएकोे उक्त विद्युत आयोजनाको निर्माणस्थल सिउरीखोलासम्म मोटरबाटो खन्ने काम भइरहेको आयोजनाका फिल्ड इन्जिनियर नवराज श्रेष्ठले बताए । स्थानीयबासीले विभिन्न माग राखेर आयोजना बन्द गर्न चेतावनी दिएको जानकारी गराउँदै इन्जिनियर श्रेष्ठले उनीहरुको माग प्रति आयोजना सकरात्मक रहेको दावी गरे । बाटो निमार्ण्र्ााे काम सकिएपछि विद्युत निमार्ण्र्ााे काम शुरु गरिने श्रेष्ठले बताए । भुलभुले र बाहुनडाँडाको सिमानामा रहेको सिउरीखोलाको मुहानमा बाँध बाँधी पेनस्टक पाइपबाट दर्ुइ किलोमिटर तल पानी ल्याएर लुदी गाउँ नजिक पावरहाउसमा खसालिने बताइएको छ ।

No comments:

Post a Comment