म त ठिटै थिए । काममा सबै बराबर हुन भन्ने तोयानाथको विचार उत्तम लाग्यो र जस्तो सुकै अप्ठ्यारो भएपनि परिवर्तनको पक्षमा लाग्नर्ुपर्छ भनेर मैले पनि हलो जोतें।"े,
त्यतिबेला तोयनाथसहित २७ जना ब्राम्हणले सामूहिक रुपमा हलो जोतेका थिए । शुरुमा पण्डित तोयानाथले हलो जोत्नर्ुपर्छ भन्ने कुरा निकाले । २००४ सालदेखि नै यो कुरा उठेको थियो । गाउँमा तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदास, लगायतका केहि व्यक्तिहरुबीच विशेष सल्लाह हुन थाल्यो । हलो जोते के हुन्छ - किसानलाई सजिलो पर्छ । आफूले हलो जोत्न नहुने र हली लगाउन मुस्किल पर्ने कुराको अन्त्य हुन्छ । समयमा खेति गर्न पाउँदा उब्जनी बढ्छ । सँगसँगै चल्दै नचलेको परम्परा तोडिन्छ, हलचल हुन्छ र नयाँ चेतनाले जन्म लिन्छ र राणा शासनको अन्त्य गर्ने आन्दोलनलाई समेत टेवा पुग्छ भन्ने सल्लाह भयो, हलो क्रान्तिमा सहभागी पर्ूव सांसद् श्रीकान्त अधिकारी भन्छन्- शास्त्रीय र कानुनी पक्षमा थप अुनसन्धान गर्न तोयानाथ र हरिभक्त लाई जिम्मा लगाईयो । पछि राय सल्लाह उकुसमुकुस हुँदै आयो र २००६ साल साउन ११ गतेका दिन हलो जोतेरै छाडियो ।
हलो जोतेको १ वर्षसम्म पश्चिम ३ नम्बरभर -हालको लमजुङ) हल्ला खल्ला मच्चियो । गाउँमा हलो जोत्नेहरुलाई नजोत्नेहरुले विरोध गर्न थाले । उनीहरुलाई उल्याउन त्यतीखेर दुराडाँडामा यस्तो कविता नै कोरिएको थियो ।
"शेषकान्त लेप्टन, हरिभक्त त्रि्रे,
तोयानाथ पण्डित हलो जोति ब्रि्रे
हलो जोत्ने मुख्य यिनै तीनजना हुन्
हलो जोती खालान् पाथीभात बाहुन"
"हलोक्रान्तिले त्यसबेला समाजमा समेत ठूलो उथलपुथल भयो । हलो जोत्नेहरुलाई भात ठेगियो, माईत आएका छोरी घर जान सकेनन् । घर बसेका बुहारीहरु माईत जान पाएनन् । उमेर पुगेका युवायुवतीहरुको विवाह नै रोकियो । जोतेको समयमा हर्ेन जानेलाई समेत भात ठेगियो । कतिले हामी त गएका थिएनौ भनी ढाँटेर विहेवारी चलाएका थिए । समाज अस्तव्यस्त भयो । कैयौ पण्डितहरु निर्वासित भए भने कैयो तल्लो जाति सरह भए ।" हलो क्रान्तिको वृतान्त सुनाउँदै पर्ूव सांसद् श्रीकान्त अधिकारी भन्छन् - त्यसपछि तत्कालीन सरकारका ताल्लुकदारहरुले विरोध गरेको ठानेर बडा हाकिमलाई गिरफ्तार गराउन सुराकी गरे । हलो क्रान्ति भएको १ वर्षपछि ००७ साल साउन ११ गतेका दिन पण्डित तोयानाथ, शेषकान्त मलाई सरकारले गिरफ्तार गर्यो । रातारात लमजुङको परेवाडाँडा, कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रातको हिर्डाई पछि बिहान ४ बजे पोखरा गोश्वरामा पुर्याए । ठाँडो बयान लिएर बडा हाकिमले जेल पठाए । बिना पर्ूर्जी जेलमा पठाएकोले हामिले जेलमै अनशन बस्यौं र ४८ घण्टाको अनशन पछि जेलबाट निकालेर खान दिए । गोश्वरामा लगेर लिखित बयान गराए । शेषकान्तले भने - यो मुद्धा षडयन्त्र बाट शुरु भएको छ । कानूनमा हलो जोत्न हुदैन भन्ने छैन । कानूनमा मुद्धा लाग्दैन । फत्ते बहादुर सरदारले तोयानाथको कठालो तानेर यही हलो जोताउने मास्टर भन्न थाले । हप्काए, तर्सर्ाा तर निडर तोयानाथले भने किसानको आवश्यकताको कुरा हो भने । बाहुनले किन हलो जोताएको र जोतेको, राजकाजमा असर पुग्ने गरी हल्ला चलाएको भनेर सोधे तोयानाथले भने तपाईकै प्रशासान र ठेकेदारले हल्ला चलाएका हुन भनेर भने । त्यसपछि तोयानाथ र शेषकान्तलाई दैनिक तारिखमा छोडियो तर म भने पोखराको विन्दवासीनीमा पढाउने भएकोेले खोजेको बेलामा पाईन्छ भनेर तारिख लगाएनन् । हलो क्रान्तिका वृतान्त सुनाउँदै श्रीकान्त अधिकारी भन्छन् ।
यस्तो परिस्थिती धेरै समय रहेन ३ वर्षपछि सबै सकरात्मक भए । त्यसपछि जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । चार्डपर्व लाग्न साथ सबै लत्रेर आए । यस्तो कामको सबैले प्रंशसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन भनेर ढाँट्नेहरु पनि पछि त म पनि गएको थिए भन्न थाले । मायानाथ पौडेल भन्नुहुन्छ, नयाँ कामको शुरुवात गर्न कठिन र चुनौति पर्ूण्ा नै हुन्छ । अहिले अधिकांश ले जोतेको देख्दा उहाँलाई निकै खुसी लाग्छ । तर दलित माथिको छुवाछुतको भावना अझै नहटेको देख्दा भने उहाँलाई दुःख लागेको छ । त्यही बेलमा दलितले छोएको खाना समेत शुरु भएको थियो । आर्युवेदका ज्ञाता समेत रहेका पण्डित तोयानाथले गाउँकै छोरी चिजमाया अधिकारीलाई घर पठाउँदा कोसीले बोकेर आईत बहादुर सार्कीलाई पठाए । खाना खाने बेलामा सार्कीलाई कुन जातको भनेर घरबेटीले सोधे उनले थर बताए पछि चीजमायालाई समेत माईतै फर्काइदिए । दलित लाई गर्ने व्यवहार भने अझै त्यस्तै छ । मायानाथ भन्छन- यस्ता कुरीतिको अन्त्य गर्न युवाहरु अझै लागि पर्नु पर्छ ।
क्रान्तिलाई सफल बनाएर हलचल ल्याउने राजनीति सोच थियो । राणशासनको त्यस्तो समयमा हामीले ठूलो क्रान्ति गर्यौ । यस क्रान्तिको यस्तो ऐतिहासिक महत्व हुन्छ भन्ने चाहि लागेको थिएन्् हलो क्रान्तिको नेता श्रीकान्त अधिकारीले थपे । लमजुङको दुराडाँडामा २००६ साल साउन ११ गते ब्राम्हणले हलो जोतेपछि सोही सालको पुसमा तनहुँ, २००७ साल बैशाख मा कास्की, अर्घखाँची र गोरखा र स्याङजामा पनि हलो जोत्ने अभियानले त्रि्र रुप लियो । यो घटना नेपालकोर् इतिहासमा हलो क्रान्तिको रुपमा अंकित छ । हलो जोतेको स्थान दुरडाँडाको अर्चल्यानीमा पर्छ ।
No comments:
Post a Comment