बेसीशहर- आधा साउन वित्दा पनि पर्यप्त पानी नपरेपछि लमजुङ, तनहूँ र गोरखाका किसानले अझै खेत रोप्न पाएका छैनन् ।
लमजुङको दक्षिण क्षेत्रका परेवाडाँडा, कुन्छा, जीता, र्सर्ुयपाल, रम्घा, समिभञ्ज्याङ, धमिलीकुवा, चक्रतर्ीथ, लगायतका क्षेत्रमा अझै पर्यप्त पानी परेको छैन ।
असार सुरुभएदेखि नै रोप्नका लागि खेतको छेउ कुना खनेर ठिक्क बनाएका किसानहरु साउन वित्न लाग्दासम्म पनि पानी नपरेपछि चिन्ताग्रस्त भएका छन् । खेत रोप्नका लागि सिञ्चाइको सुविधा नभएकाले उनीहरुलाई आकासे पानीको भर पर्नु परेको हो ।
पानी नपरी खडेरी परेपछि किसानले सिञ्चाइको लागि ल्याएका कुला मात्र होइनन्, खोलामा नै पानी सुकेको छ । खेत रोप्नका लागि राखिएको ब्याडमा बीउ समेत मर्न थालिसक्दा पनि खेत रोप्न नपाएपछि किसानहरु भोकमरीको लाग्ने सन्त्रासमा बाँचीरहेका छन् ।
र् पर्यप्त पानी नपर्दार् किसानहरुले एकातिर खेत रोप्न पाएका छैनन््, भने यस अघि रोपिएका खेतमा पनि धाँजा फाटेको छ । यी क्षेत्रम विभिनन खोलाहरुबाट सिञ्चाइ गर्न सकिने भए पनि सरकारले अहिलेसम्म यी क्षेत्रमा सिंचाइको ब्यवस्था गरिदिएको छैन । जिल्ला कृषि विकास कार्यालयमा साना सिञ्चाइको लागि आएको रकम प्रिmज भएर गएको छ । तर सिञ्चाइको अभावमा कृषि प्रधान देशका किसानहरुले धान रोप्न नपाउनु लाजमर्दो कुरा भएको छ ।
No comments:
Post a Comment