scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 2, 2009

जनविकासमा प्रतिनिधि छनोट विवाद कायमै

बेसीशहर-मंसिर १६

जनविकास उच्च माध्यामिक विद्यालय बेसीशहरको ब्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि पठाउने विषयमा शिक्षकहरुबीच उत्पन्न विवाद अझै साम्य भएको छैन ।


गत मंसिर ७ गते विद्यालयको स्टाफ वैठकमा शिक्षक प्रतिनिधिको छनौट गर्ने विषयमा शिक्षकहरुबीच एकमत हुन नसक्दा निर्वाचन गर्नु परेको थियो । निर्वाचनमा वैठकको अध्यक्षता गर्नुभएका प्राचार्य बुद्धिसागर बरालले मतदान गर्नुभएको भर्न्र्दै शिक्षकहरुले असन्तुष्टि राखेपछि विवाद शुरु भएको हो । विवादका कारण असन्तुष्ट शिक्षकहरुले एक दिन अध्यापन बहिष्कार गरे भने अर्को दिन विद्यालयको प्रशासन र लेखा शाखामा तालावन्दी गरिदिएका थिए । समस्या समाधानका लागि विद्यालय ब्यवस्थापन समितिको वैठक बसे पनि वैठकले मिलेर प्रतिनिधि पठाउन आग्रह गरेको छ ।


शिक्षकहरुबीच शिक्षक प्रतिनिधि छनोटमा कुरो नमिले पछि ब्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि को जाने भन्ने अझै टुंगो लागेको छैन । प्राचार्य समितिको सदस्य सचिव हुने प्रावधान छ । प्रतिनिधि छनोटमा मतदान भएपनि मतगणना गर्दा दुवै पक्षको बराबर मत आएको थियो । प्रतिनिधिका लागि शिक्षक संघबाट शिव अधिकारी र शिक्षक संगठनबाट लक्ष्मण घिमिरे उमेदवार थिए । मत बराबर आए पछि संगठन पक्षले डेढ डेढ बर्षकार्यकाल बाँढेरसहमति गर्ने प्रस्ताव राखेकामा संघका सदस्यहरुले शिक्षा ऐनमा भएको ब्यवस्था बमोजिम निर्वाचन गरिनुपर्ने माग राखेका छन् ।


सदस्यहरुका बीच बराबर मत देखिएको अवस्थामा मात्र अध्यक्षता गर्ने ब्यक्तिले निर्ण्ाायक मत दिने चलन भएकाले अध्यक्षता गर्ने प्रचार्यले पहिले नै मतदान गर्नुभएको भन्दै विरोध भएको हो । विद्यालय प्रशासनले भने सुरुमा प्राचार्य लगायत सबै शिक्षकले मतदान गर्ने सहमति भएको’ दावी गरेको छ ।

No comments:

Post a Comment