scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 2, 2009

उपभोक्ता जागरण गोष्ठी सम्पन्न


बेसीशहर-मंसिर १६

जिल्ला पशु विकास कार्यालयले पशु तथा पशुजन्य पदार्थका उत्पादक, व्यवसायी र उपभोक्ता बीच समन्वय गर्ने उद्देश्यका साथ बेसीशहरमा गत बुधवार एक दिवसीय उपभोक्ता जागरण गोष्ठी सम्पन्न गरेको छ ।
जिल्लास्थित विभिन्न कार्यालय र संघसस्थाका प्रतिनिधि, मासु व्यवसायि, दुग्ध व्यवसायि, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको गोष्ठीमा सहभागिहरुले गुणस्तरयुक्त बस्तुको उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भएकाले व्यवसायीहरुले परिमाणमा भन्दा मासुजन्य पदार्थको गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । गोष्ठीमा पशुसेवा कार्यालयका पशु विकास अधिकृत अमृतकुमार मास्केले उपभोक्ता जागरण गोष्ठीको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा लमजुङ उद्योग वाणिज्य संघका महासचिव मृगेन्द्र घिमिरे, बेसीशहर आमा समूह समन्वय समितिका लक्ष्मी अधिकारी, सहभागी शिक्षक विराट घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठीमा सहभागीहरु वक्ताहरुले स्वस्थकर तथा गुस्तरीय मासु उत्पादन र उपभोगका लागि आवश्यक पर्ूवाधार खडा गर्न सवम्धित निकायविच समन्वय गरि पशु वधशाला निर्माणका लागि प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

No comments:

Post a Comment