scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 2, 2009

पिया स्मृति पुरस्कार "सरल" लाई


बेसीशहर-मंसिर १६
बयोबृद्ध कवि यदुनाथ "सरल" रमेशकुमार पिया स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले गतबर्षाट शुरु गरेको सो पुरस्कारको राशी ३ हजार ३ सय ३३ र सम्मान पत्र रहेको छ । बिहीबार बेसीशहरमा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल र संस्थाका अध्यक्ष आनन्द घिमिरेले कवि सरललाई सम्मान गर्नुभएको थियो ।
वि.संं १९८७ सालमा दुराडाँडामा जन्मनु भएका कवि सरलले ४० बर्षम्म निजामति सेवामा रही काम गर्नुभएको थियो । सानैदेखि कविता लेख्न थाल्नुभएको उहाँ कवितामै चिठीपत्र लेख्नुहुन्थ्यो ।
७९ बषिर्य कवि सरल यस अघि विभिन्न पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ । उहाँको सिर्जनाका धुन नाम कविता संग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा थुपै्र कविताहरु प्रकाशित भएका छन् ।
पुरस्कार वितरण समारोह संस्थाका अध्यक्ष आनन्द घिमिरेको अध्यक्षतामा भएको थियो । सो अवसरमा संस्थाका उपाध्यक्ष धनञ्जय दवाडी, सचिव वेनु सुयल, सहसचिव नवीनचन्द्र घिमिरे लगायतले स्वर्गिय रमेश कुमार पियाको ब्यक्तित्वबारे प्रकास पार्दै पुरस्कृत ब्यक्तित्व यदुनाथ सरलले साहित्य क्षेत्रमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । हिमालचुली कला साहित्य प्रतिष्ठानका संस्थापक उपाध्यक्ष स्व.रमेश कुमार पियाको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारबाट गत बर्षकवि तथा संस्कृतिकर्मी इन्द्र बहादुर गुरुङ सम्मानित हुनुभएको थियो । पुरस्कार राशी उहाँको परिवारले उपलब्ध गराउँदै आएको छ ।

No comments:

Post a Comment