बेसीशहर मंसिर २३
सर्वोदय सेवाश्रमद्वारा प्रस्तावित प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल र लायन सर्वोदय ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु हुनु अगावै यसका लागि सहयोग दिने क्रम शुरु भएको छ ।
लमजुङबासीको पहलमा हालै स्थापना भएको प्यासिफक डेभलपमेण्ट बैंक लिमिटेडले अस्पताल र आरोग्य आश्रमका लागि आयोजित ज्ञान महायज्ञको प्रचार प्रसारकास लागि २१ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै मर्स्याङ्दी हेभी इक्वुइटमेण्ट मनेजमेण्ट सेन्टरका निर्माण ब्यवसायी पर्ूण्ाचन्द्र पोखरेल र चन्द्र अधिकारीले २२ हजार रुपैयाँको लागतमा भवन निर्माणस्थलको जग्गा सम्याइ सहयोग गर्नुभएको मूल आयोजक समितिले जनाएको छ ।
यसैबीच प्रस्तावित प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल र ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माणस्थल तार्कुघाट ३ हर्रर्ााेट स्थित नौविसे फाँटमा ६ सय मीटर मोटरबाटो निर्माण सम्पन्न भएको छ ।
तार्कुघाट गाउँ विकास समितिको ३० हजार र नबज्योति सामुदायिक वन समूहको ४५ हजार गरी ७५ हजार रुपैयाँको लागतमा उक्त बाटो निर्माण गरिएको हो । नेपालकै पहिलो ५० शैयाका प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल र एक नमूना युक्त सिर्जनशील बृद्धाश्रम निर्माणका लागि आर्थिक सहयोग जुटाउन लमजुङको प्रवेशद्वार पाउँदी बजारमा आगामी माघ २ गतेदेखि श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ शुरु हुँदैछ । महायज्ञको तयारी भइरहेकै अवस्थामा मोटरबाटो गाविस र स्थानीय वन उपभोक्ता समूहको सहयोगमा सडक निर्माण हुनुलाई सरहानीय कार्य भएको सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।
माघ २ गतेदेखि १० गतेसम्म चल्ने महायज्ञमा सुरिलो स्वरका धनी भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम छ ।
No comments:
Post a Comment