बेसीशहर मंसिर २३
अत्याधिक जलश्रोत र वैकल्पिक उर्जाको पर्यप्त अवसर हँुदा हँुदै पनि लमजुङ उर्जाको क्षेत्रमा पछि परेको भन्दै बेसीशहरमा आयोजित एक कार्यक्रममा लघुजलविद्युतको विकासमा जोड दिइएको छ ।
क्षेत्रीय नविकरणीय उर्जा सेवा केन्द्र, ग्रामीण सशक्तिकरण तनहूँको आयोजनामा शुक्रबार बेसीशहरमा सम्पन्न सूचना प्रवाह तथा समन्वय विषयक कार्याशालामा सहभागीहरुले लमजुङमा अथाह जलश्रोतको सम्भावना रहे पनि यसको उपयोग हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा ग्रामिण सशक्तिकरण समाजका क्षत्रीय संयोजक सरीता गुरुङले लमजुङमा साना लघुजलविद्युत आयोजनाको प्रचुर सम्भावना हुदा हुदै पनि जिल्लाका राजनैतिक दल, जिल्ला विकास समिति र स्थानीय वासिन्दाले चासा नदेखाएको गुनासो गर्नुभयो । सो अवसरमा उहाँले नविकरण उर्जा सेवा केन्द्रले लमजुङको ताघ्रिङस्थित घट्टे खोला, ढोडेनीको स्यान्दु खोला, गौडाको सारङ्गी खोला, इलम पोखरीको काददर्नी खोलाबाट लघु जलविद्युत आयोजना सम्पन्न गरेको जानकारी दिनुभयो ।
उहाँले लमजुङका १९ वटा लघुजलविद्युत आयोजनामा केन्द्रले काम गर्दै आएको जानकारी दिँदै पाचोकको किसेदी खोला र पसगाउँको टोगा खोलामा सञ्चालित लघु जलविद्युत आयोजना यसै महिना भित्रमा सम्पन्न हुने जानकारी दिनुभयो । सो अवसरमा पर्ूर्वी लमजुङमा पर्ने दूध पोखरीको ५ सय घर धुरीका ५० किलोवाट क्षमताको आयोजना निर्माणका लागि काम थालिएको जानकारी दिनुभयो ।
सो अवसरमा ग्रामीण समुदायमा बैकल्पिक उर्जा तथा लघुजलविद्युत कार्यक्रम मार्फ स्थ्ाानीयबासीलाई सेवा पुर्याउने विषयमा छलफल समेत भएको थियो ।
सो कार्यक्रममा स्थानीय विकास अधिकारी पेशल कुमार पोख्रेल, एकीकृत माओवादीका सेक्रेटरी मोहन हरि पौडेल, नेपाली काँगे्रसका सचिव अर्जुन पराजुली, एमालेका सचिव कृष्ण प्रसाद अधिकारी तथा विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुखहरु सञ्चारकर्मी लगायतकाको उपस्थिति थियो ।
No comments:
Post a Comment