scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, January 2, 2010

स्व. न्यौपानेको सालिक अनावरण

सुन्दरबजार पुस १४
नेकपा माओबादी केन्द्रीय सदस्य एबं तमुवान राज्य समितिका सहर्-इन्चार्ज श्रीनाथ अधिकारीले  संबिधान  बनाउन नचाहानेहरुलाई सबिधान सभा नचल्दा झन फाईदा पुग्ने भएकाले नेकपा माओबादीले  संसद सुचारु गरेको बताउनु भएको छ । 
    सुन्दरबजारस्थित कृषि तथा पशु बिज्ञान अध्यन संस्थानको हातामा निर्मित स्व. मुकुन्द न्यौपानेको शालिकको शनिबार अनाबरण गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
    सो अवसरमा उहाँले जनताको सबभन्दा बढी जनादेश प्राप्त गर्ने पार्टर्ीीई पाखा लगाई बिदेशी शक्तिहरुले देशमा चलखेल गरीरहेको आरोप लगाउनु भयो ।
    कार्यक्रम बिशेष अतिथि अनेरास्वीयु क्रान्तिकारीका केन्द्रिय माहासचिब एबं त्रिभुबन बिश्व बिद्यालय केन्द्रीय क्याम्पसका स्ववियू सभापति हिमाल शर्माले  १४ जेठ सम्म सबिधान नभए नेकपा माओबादीले घोषणा गरेको स्वायत्त गणराज्य सक्रिय भई देश सोही अनुसार संचालन हुने चेतावानी दिनु भयो ।
 उहाँले शिक्षा क्षेत्रको पुनसंरचना नभएसम्म नयाँ नेपालको निर्माण नहुने ठोकुवा गर्नु भयो ।
    कार्यक्रममा नेकपा माओबादी जिल्लार् इन्चार्ज देबेन्द्र पराजुली, शहिद परिवार तमुुवान राज्य समिती की संमयोजक मधु अधिकारी अनेरास्वीयू क्रान्तिकारीका जिल्ला अध्यक्ष अप्सरा ढकाल, सिता थापा लगायत का बक्ताहरुले मन्तब्य राख्नुभएको थियो ।
    कार्यक्रम कृषी तथा पशु बिज्ञान अध्यन संस्थान सुन्दरबजार अनेरास्वीयू क्रान्तिकारीकार् इकाई कमिटीका अध्यक्ष कृष्ण दाहालको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा स्व. मुकुन्द की आमा, धर्मपत्नी सिता  तथा दाजु, भाउजुलाई प्रमुख अतिथीे अधिकारीले दोसल्ला ओर्ढाई सम्मान गर्नुभएको थियो ।

 

No comments:

Post a Comment