बेसीशहर- मुलुकको वित्तिय क्षेत्रमा लोकप्रिय रहेको कृषि विकास वैकले अब लमजुङ सदरमुकाम बेसीशहरमा आधुनिक बैंकिङ्ग कारोबार शुरु गरेको छ ।
हालसम्म कर्जा प्रवाह मात्र गर्दै आएको सो बैंकले मंसिर १० गतेदेखि अत्याधुनिक सेवाका साथ कर्जा प्रवाह गर्नुका साथै निक्षेप संकलनसमेत शुरु गरेको छ । निक्षेपमा अधिकतम साढे ८ प्रतिशतसम्म व्याज दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । कार्यालयले कागजी ढड्डाको प्रयोग गर्न छोडेर आधुनिक कम्प्युटर प्रविधिबाट बैंकिङ्ग कारोबार शुरु गरेको छ । आइन्दा सो शाखामा खाता हुने ब्यक्तिले देशभित्रका कुनै पनि कृषि विकास बैंकको शाखा उपशाखाबाट चेकको भुक्तानी पाउन सक्ने बैंकका प्रवन्धक बुद्धिमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शाखाले अबदेखि रेमिटेन्सको कारोबार समेत गर्ने छ । बाणिज्य बैंकहरुको जस्तो सुनचाँदी सुरक्षणमा भने नलिइने उहााले बताउनुभयो ।
कृषि विकास बैंकले यस अघि लमजुङकै सिउँडीबारमा पनि आधुनिक बैंकिङ्ग सेवा सुरु गरिसकेको छ । तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टर्राईले ९ महिना अघि सो बैंकको उद्घाटन गर्नुभएको थियो । लमजुङमा कृषि विकास बैंकका तीन शाखामध्ये भोर्लेटार उपशाखा भने अझै तनहूँको सदरमुकाम दमौलीबाट सञ्चालित हुँदै आएको छ । दक्षिण पश्चिम लमजुङका १३ गाविसमा सेवा प्रदान गर्ने उद्देश्यले भोर्लेटारमा रहेको सो शाखा द्वन्द्धका क्रममा असुरक्षा भएको भन्दै दमौली सारिएकोमा हालसम्म पुनर्स्थापना गरिएको छैन
No comments:
Post a Comment