काठमाण्डौं मंसिर २३
- तीन ठूला दलहरुको सोमबार बसेको वैठकले दर्ुइ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गरी सहमति खोज्ने सहमति गरेको छ । यसका लागि एक कार्यदल समेत गठन भएको छ । कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ, कांग्रेसबाट अर्जुननरसिंह केसी र कृष्ण सिटौला र एमालेबाट भरतमोहन अधिकारी र भीम रावल हुनुहुन्छ ।
कैलाली घटनामा माओवादी निकै आक्रोसित भएपछि प्रधानमन्त्री माधवकुृमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहललाई हिजो भेटी शान्ति प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो । जस अनुसार सोमबार तीन ठूला दलका शर्ीष्ा नेताहरुबीच वैठक भएको थियो । कार्यदलले दर्ुइ दिनभित्र सहमतिका बुँदाहरु तयार पार्ने बताइएको छ ।
No comments:
Post a Comment