बेसीशहर, मंसीर २३
"अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको अनुभूति, सहश्राब्दि विकास लक्ष्यमा हुनर्ुपर्छ यसको प्रत्याभूति" भन्ने मूल नाराका साथ १८ औं अन्तरराष्ट्रिय अपाङगता दिवस, लमजुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।
सो अवसरमा विहीबार लमजुङमा वालवालिकाको क्षेत्रमा काम गर्ने सघंसस्था, सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी सम्मिलित र्यालीले बेसीशहर बजार परिक्रमा गरेको थियो । विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर सहितको र्याली वजार परिक्रमा पश्चात सभामा परिणत भएको थियो ।
महिला विकास कार्यालय लमजुङ तथा सिविआर सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन प्रमुख ज्ािल्ल्ाा अधिकारी विष्णु प्रसाद पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी पेशलकुमार पोख्रेल, एकीकत नेकपा माओवादीका तमुवान राज्य समिति सदस्य राजु थापा, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेशप्रसाद न्यौपाने, नेकपा एमाले लमजुङका उपाध्यक्ष गुमान सिह अर्याललगायतका वक्ताहरुले अपाङ्गलाई समाजले हर्ेर्नै दृष्किोणमा परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । उहाँहरुले अपाङता भएका व्यक्तिहरुले अझै पनि राज्यबाट उचित शिक्षा र रोजीरोटीको ग्यारेण्टी हुनुपर्नेमा जोड दिनुभएको थियो ।
निमित्त महिला विकास अधिकृत सोविता पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा अपाङ्ग विद्यार्थीलाई निशुल्क अध्यापन गराउने भक्ति नमूना उमावि भोटेओडार, भूपू सैनिक उमावि वेसिशहरलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment