ललितपुर- नियमित आहार विहार तथा हल्का शारीरिक व्यायामको अभावका कारण हाल नेपालमा १५ प्रतिशत मानिस मुटुको रोगबाट पीडित हुने गरेको सम्बन्धित विज्ञहरूले बताएका छन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको १८ औँ वाषिर्क साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुटुरोग विज्ञहरूले नियमित खानपिन, रहनसहन र परिवर्तित जीवनशैलीका कारण नेपालमा मुटुरोग बढ्नेक्रम देखिएकोले सोको नियन्त्रणका लागि स्थानीय स्तरदेखि विद्यालयस्तरमा जनचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले अहिले नेपालमा सबैभन्दा बढी मुटुका बाथ रोगी भएको तथा र्सर्वेक्षण अनुसार हजार जना विद्यार्थीमा दर्ुइदेखि तीनजनामा यो रोग देखिएको बताउनुभयो ।
उहाँले हाल नेपालमा धुमपान, मधुमेह, धेरै चिल्लोजन्य पदार्थको खानपिन तथा कम कसरतका कारण मुटु रोगीका सङ्ख्या बढ्दै गएको भन्दै सकभर हरियो साग सब्जी, कम चिल्लो खानपिन र दैनिक आधा घण्टा हिडडुल गर्नसके यो रोगबाट बच्नसकिने बताउनुभयो ।
जनसङ्ख्या वृद्धिसँगै विभिन्न अस्पताल खुले पनि मुटुरोग बढ्दै गएकोमा पछिल्लो चरणमा जनचेतना र प्रसस्त मात्रमा खुलेका उपचार केन्द्रका कारण यो रोगको जोखिम घट्नेक्रममा रहेको निर्देशक साय्मीको भनाई छ ।
यस्तै वरिष्ट मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेले नेपालमा धुमपान, मधुमेह, चिल्लोजन्य पदार्थको खानपिनको कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको भन्दै हरियो साग सब्जी, कम चिल्लो खानपिन तथा नियमित व्यायाम गर्नसके यो रोगबाट बच्न सकिने बताउनुभयो ।
नेपालमा मुटुरोगसम्बन्धी उपचार गर्ने अस्पतालहरूमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा निजी क्षेत्रका नर्भिक, बिएण्डबि, मेडिकेयरलगायत छन् ।
एउटा मुटुको भल्ब फेरेको रु. दर्ुइ लाखदेखि अर्ढाई लाख लाग्छ भने हाल १५ वर्षुनिका सबै प्रकारका मुटुरोगीलाई सरकारले निःशुल्क उपचारसेवा प्रदान गरेको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसै वर्षाट सबै उमेरका व्यक्तिलाई शल्यक्रिया नगरिकनै साँगुरिएको मुटुको भल्व बेलुनले फुकेर फराकिलो पार्ने उपचार सेवा निःशुल्क दिदै आएको छ । रासस
No comments:
Post a Comment