scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 9, 2009

ब्राह्मणलाई छुट्टै राज्य माग


चितवन-मंसिर २३


ब्राहृमण जातिको उल्लेख्य उपस्थिति रहँदा रहँदै अन्य जातिले आ-आफ्नो जातीय राज्यको माग गरेपछि चितवनका ब्रहृमणहरुले पनि चितवन, नवलपरासी र मकवानपुरको क्षेत्रहरुलाई समेटेर छुट्टै ब्राहृमण राज्यको माग गरेका छन् ।

चितवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी समाजले नवलपरासीको दाउन्ने डाँडादेखि पर्ूर्वी मकवानपुरको गढीसम्मको क्षेत्रलाई समेटेर नारायणी राज्यको माग गरेको हो । ब्राहृमण लगायत क्षेत्री तथा ठकुरी जातीको आवाज हालसम्म कतैबाट नआएको उल्लेख गर्दै उनीहरुले आफूहरु संगठित रुपमा हक अधिकारका लागि अघि बढ्नु परेको सो अवसरमा बताइएको थियो ।

सो अवसरमा ब्राहृमण समाज चितवनका अध्यक्ष काशीराम पौडेलले कुनै जातिविशेषको प्रदेश हुन नहुनेमा जोड दिँदै आफूहरु जातीय सद्भावमा दृढ रहेको र समानुपातिक हिसावमा संघीय राज्य बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

No comments:

Post a Comment