scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 9, 2009

सामुदायिकमा खवासको नेतृत्व


बेसीशहर- सामुदायिक सेवा केन्द्र बेसीशहरको अध्यक्षमा भद्रवहादुर खवास निर्वाचित हुनु भएको छ । केन्द्रको शनिबार सम्पन्न दोस्रो अधिवेशनले कार्यबहाक अध्यक्षको रुपमा रहनुभएको खवासलाई अध्यक्षमा र्सवसम्मतिले निमार्चित गरेको हो ।



अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समितिको पनि र्सवसम्मत चयन गरेकेा छ ।े उपाध्यक्षमा विश्वम्भर अर्याल, सचिवमा विश्वदेव पौडेल, कोषाध्यक्षमा प्रविण कायस्थ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नारायणप्रसाद घिमिरे, शोभा थापा, शान्ता अधिकारी मिठु तामाङ, दिवाकर वराल, प्रदिप वस्नेत, वृखराज गुरुङ र विमल श्रेष्ठ रहनु भएको छ । कार्यसमितिमा एकजना सहसचिव जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ ।


अधिवेशनको उद्घाटन गण्डकी अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक गोपाल प्रसाद भण्डारीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले सामुदायिक सेवा केन्द्रको आवश्यकता, औचित्यका बारेमा पं्रकास पार्नुभएको थियो । सो अवसरमा उहाँले धेरै बर्षअघि सामुदायिक सेवा केन्द्रको स्थापना भएको भए आज समाजको स्वरुपमा धेरै परिवर्तन हुने धारणा राख्दै समाजमा वढ्दै गएको अपराध, विकृती विसंगतीलाई नियन्त्रण गर्न जनता र प्रहरी एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय जनता र प्रहरीको सहकार्य भएमा जटिल कामहरु पनि सहजै गर्न सकिने धारणा राख्नुभएको थियो ।

No comments:

Post a Comment