scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, January 2, 2010

अज्ञात समूहको आक्रमणबाट सख्त घाइते

बेसीशहर पुस १४
 लमजुङको भारते गाउँ विकास समिति वडा नं. ५ सिरुवारी निवासी ५५ बषिर्य निमनाथ अधिकारी अज्ञात समूहको आक्रमणबाट सख्त घाइते हुनुभएको छ ।
    बुधवार राती सवा दशबजे ३ जनाको समूहमा आएको अज्ञात नकावधारी समूहले उहाँलाई घरबाट बाहिर बोलाएर एक्कासी आक्रमण गरेका थिए । सो समूहको आक्रमणबाट अधिकारीको देव्रे हात र दाहिने खुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।
घाइते अधिकारीलाई प्रहरीले उद्दार गरी उपचार्रार्थ भोटेओडारस्थित लमजुङ कालिका पोलि क्लिनिकमा ल्याएकोमा त्यहाँ उपचार हुन नसकेपछि आज विहानै काठमाण्डौं लगिएको छ । घटनास्थलमा रत्ताम्य भएका दाउराका चिर्पटहरु भेटिएकाले उहाँमाथि चिर्पटले हिर्काइएको हुनसक्ने प्रहरीले बताएको छ । आक्रमणकारीहरुको खोजीकार्य शुरु गरिएको प्रहरीले जनाएको  छ ।
    त्यसै गरी नेकपा एमाले लमजुङ क्षेत्र नम्बर १ का सदस्य लालबहादुर गुरुङ अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएको छ ।
 अर्चलबोट गाउँ विकास समिति वडा नम्बर ७ अचैलेफँाटस्थित आफ्नै घरमा बसीरहेका गुरुङलाई नकाव लगाएका ८/९ जनाको  एक समूहले केही कुरा गर्नु छ भन्दै एकान्तमा लगि एक्कासी आक्रमण गरेका थिए । गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । आक्रमणवाट गुरुङको नाक, आखा र मुखमा चोट लागेको छ ।
    नेकपा एमाले लमजुङले कुटपिटमा वाईसीएल कार्यकर्ताको संलग्नता रहेको दावी गरेको छ । उहाँले दोषीलाई तत्काल पक्राउ गरि कानुनी कठघरामा उभ्याउन एमालेले माग गरेको छ।

No comments:

Post a Comment