scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, January 2, 2010

सामातिएका डिडिसीका सामान छोडिए

भोटेओडार पुस १४
माओवादीको भातृसंगठन योंग कम्युनिष्ट लिगका कार्यकर्ताले मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको ठेकेदार कम्पनी डीडीसी जेभीले बिक्री गरेको सामान भोटेओडारबाट नियन्त्रणमा लिई छोडेका छन् ।
आवश्यक कागजात विना नै फलियासाँघुस्थित परियोजनाको निर्माणस्थलबाट जेनेरेटरर्,र् इलेक्ट्रोनिक तार कन्टेनर लगायतका निर्माण सामाग्री लिएर चितवन जाँदै गरेका  टि्रपर र ट्रकलाई वाईसीएल कार्यकर्ताले कब्जामा लिएका थिए । आवश्यक कागजात नभए पछि अनुसन्धानका लागि सामान कब्जामा लिइएको बताइए पनि ती सामानको बदलामा मोटो नजराना लिएर छोडिएको स्थानीयबासीले आरोप लगाएका छन् ।
डीडीसी जेभीले चितवनको आईसीसीएल नामक कम्पनीलाई विक्री गेरेको बताइएको छ ।

No comments:

Post a Comment