scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, January 12, 2010

महापुराणको तयारी अन्तिममा


बेसीशहर- पुस २८
तार्कुघाटको हर्रर्ााेटमा निर्माण हुन लागेको पश्चिमाञ्चलकै नमूना बृद्धाश्रम र राष्ट्रिय स्तरको प्राकृतिक शिक्षण अस्पतालको सहयोगार्थ आगामी माघ २ गतेदेखि पाउँदीबजारमा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराणको तयारी अन्तिम चरणमा पुगेको छ ।


भागवत भाष्कर पण्डित कमलनयन गौतमले बाचन गर्ने महापुराण शुरु नहुँदै विभिन्न संघसंस्था र ब्यक्तिहरुले महापुराणका लागि सहयोग गर्ने क्रम शुरु भैसकेको छ । विभिन्न संघ संस्था र ब्यक्तिबाट हालसम्म दर्ुइलाख ६३ हजार रुपैयाँ सहयोग संकलन भैसकेको आयोजक समितिका सहसंयोजक कृष्णराज ओलियाले बताउनुभयो ।


निर्माण हुन लागेको प्राकृतिक शिक्षण अस्पताल र बृद्धाश्रमका लागि अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ तथा निजामति तथा जंगी सेवामा कार्यरत रही हाल देशका विभिन्न भागमा निवृत जीवन विताइरहेका ब्यक्तित्वहरुले पनि सक्दो सहयोग गर्ने बचन दिएका उहाँले बताउनुभयो ।


महापुराणकै अबसर पारेर हर्रर्ााेटको मर्स्याङदी नदी तटमा निर्माण गर्न लागिएको बृद्धाश्रम र प्राकृतिक शिक्षण अस्पतालको हिन्दू, बौद्ध, मुस्लिम र इसाइ धर्मका चार विशिष्ट ब्यक्तित्वले बृद्धाश्रम र शिक्षण अस्पतालको शिलन्यास गर्ने छन् । विभिन्न जात जाति र धर्ममा आस्था राख्ने नेपाली धार्मिक सहिष्णुताको सन्देश दिनका लागि त्यस्तो गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment