scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

गौंडा खानेपानी आयोजनाको निर्माण कार्य शुरु

बेसीशहर माघ १२
  गौंडा गाउँ विकास समिति वडा नंं १, २, ५ र ७ का बासीन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले गौंडा खानेपानी आयोजनाको निर्माण कार्य हालै शुरु भएको छ ।
    एक करोड १५ लाख ५४ हजार रुपैयाको लागतमा निर्माण गर्न लागिएको सो आयोजनाबाट गौंडा गाविसका ४ वटा वडाका दर्ुइसय २६ घरधुरी लाभान्वित हुने छन् । आगामी तीन वर्षभित्रमा सम्पन्न गरिने सो खानेपानी आयोजनाका लागी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ८९ लाख ५४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ भने २६ लाख रुपैयाँ बराबरको स्थानीय जनश्रमदान जुटाइने भएको छ ।

No comments:

Post a Comment