लमजुङ, पुस १८ गते ।
समाजकल्याण फुटबल केन्द्र नयाँ बजार काठमाण्डौं लमजुङमा जारी १८ औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा सुन्दरबजार फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै समाज कल्याणले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित बनाएको हो । समाजकल्याणका लागि खेलको इन्जुरी समयमा राकेश थापाले एकमात्र गोल गर्न सफल गरी आफ्नो टीमलाई सेमीफाइनलमा प्रवेश गराएका थिए ।
आजै भएको अर्को खेलमा बागेश्वरी फुटबल क्लव नारायणगढ बसपार्कलाई १ का विरुद्ध २ गोल गर्दै खेलकुद विकास समिति मनाङ पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।
मनाङका लागि खेलको ६० औं मिनेटमा विजयी खड्गीले एक गोल गरी आफ्नो टीमलाई अग्रता दिलाएका थिए । त्यसको लगतै ७० औं मिनेटमा निर्मल दुराले अर्को गोल गरी आफ्नो टीमलाई दर्ुइ शुन्यको अग्रता दिलाएका थिए । बागेश्वरीका लागि एकमात्र गोल खेलको ७८ औं मिनेटमा विकास मिश्रले गरेका थिए ।
शुक्रबार भएको दोस्रो खेलमा मर्स्याङ्दी युवा क्बल 'ए' लाई ३ का विरुद्ध ५ गोल गर्दै कालिका म्याजिक मार्वल तिलिचो मनाङ पनि सेमी फाइनलमा प्रवेश गरेको थियो । कालिकाका लागि चन्द्र रानामगरले पहिलो हाफको ३१ औं गोल गरी अग्रता लिए पनि दोस्रो हाफको ३० आंै मिनेटमा मर्स्याङदीका अमर पुनले आफ्नो पक्षमा गोल गरी खेललाई बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा दुवै टीम १/ १ गोलको बराबरीमा रोकिएपछि ट्राइबेकरको आधारमा खेलाइएको खेलमा कालिकाले ५-४ ले अग्रता लिएको थियो ।
शुक्रबारै भएको प्रि-क्वाटर फाइनल खेलमा अल स्टार युवा क्लब आँबुखैरेनीलाई १ को बिरुद्ध ३ गोल गरि समाज कल्याण खेलकुद केन्द्र नयाँबजार काठमाण्डौ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिता अर्न्तर्गत भोलि सेमीफाइनलका खेलहरु हुनेछन् । भोलिको खेलमा नख्खीपोट ललितपुर र खेलकुद विकास समिति मनाङ तथा कालिका म्याजिक मार्बल तिलिचो र समाजकल्याण फुटवल क्लव नयाँ बजार काठमाण्डांैबीच खेल हुने छ ।

No comments:
Post a Comment