scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

प्राकृतिक अस्पताल र ज्येष्ठ नागरिक आश्रमका लागि महापुराणबाट एककरोड १५ लाख संकलन

बेसीशहर माघ १२
बेसीशहर- नेपालकै पहिलो प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल र पश्चिमाञ्चलस्तरको ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माणका लागि अर्थ संकलन गर्ने उद्देश्यले गत माघ २ गतेदेखि लमजुङको पाउँदीबजारमा आयोजित श्रीमद्भागवत ज्ञान महापुराणमा १ करोड १५ लाख रुपैयाँ अर्थ संकलन भएको छ ।
आइतबार सम्पन्न महायज्ञमा संस्थागत र व्यक्तिगत गरि ३ हजार भन्दा बढीले चन्दा दान गरेका थिए । महायज्ञमा सयौ जनाले मुठिदान, रुपैयाँदान, तुलादान, भूमिदान र रुखदान समेत गरेका थिए ।
सर्वोदय सेवाश्रम र लायन्स क्लव अफ काठमाण्डौंको आयोजनामा भएको सो महापुराणबाट संकलित रकमबाट तार्कुघाट गाउँ विकास समितिको वडा नं. ३ हर्रर्ााेटमा ५० शैयाको प्राकृतिक शिक्षण अस्पताल र ५० जना क्षमताकै ज्येष्ठ नागरिक आश्रम निर्माण गरिने आयोजक समितिका सहसंयोजक कृष्णराज ओलियाले बताउनुभयो । महापुराणको उद्घाटनका अवसरमा हिन्दू, बौद्ध, मुस्लिम र इसाइ धर्मका धर्मगुरु र जग्गा दाताहरुबाट अस्पताल तथा आश्रमको शिलन्यास गरिएको थियो ।
    अस्पताल र आश्रमको निर्माणका लागि स्थानीय दानवीरहरुबाट तार्कुघाट गाउँ विकास समितिको विभिन्न भागमा गरी डेढ सय रोपनी जमिन दान प्राप्त भएको छ । महापुराणका अवसरमा समेत दानवीरहरुले जग्गा दान गर्नुभएको थियो ।
    ज्येष्ठ नागरिक दिवसका दिन गत असोज १५ गते पाउँदीमा भएको एक भेलाले तार्कुघाट गाविसमा ज्येष्ठ नागरिक आरोग्य आश्रम र प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल भवन निर्माण गर्ने निर्ण्र्ाागरेको थियो ।
    भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले वाचन गर्नुभएको महापुराणमा आयोजक समितिका संयोजक हर्रि्रसाद मरहठ्ठाले एकलाख ११ हजार एकसय ११ रुपैयाँ दान गर्नुभएको थियो भने महापुराण अगावै लायन्स क्लव अफ काठमाण्डौ सामाखुशीले रु. एकलाख ५० हजार, रुपैयाँ, प्यासिफिक डेभलपमेण्ट बैंकले २१ हजार रुपैयाँ सहयोग गरिसकेका थिए ।  महापुराणका लागि जिल्ला विकास समिति लमजुङले १० लाख र तार्कुघाट नमूना गाविसले तीन लाख ५ हजार उपलब्ध गराएका छन् । त्यस्तै पोखरा विरौटाका रामचन्द्र/पार्वती भण्डारीले १ लाख १५ हजार एकसय १५, चोक चिसापानी तनहूँका माधव ढकालले १ लाख ११ हजार एकसय ११, लायन्स क्लव इन्टरनेश्नल डिस्टि्रक ३२५ बी ले एकलाख, तार्कुघाटका नारायणप्रसाद  धितालले ६१ हजार १सय ११, भोटेओडारका बाबुराम पौडेलले ५५ हजार पाँचसय ५५, पोखराका बद्रीमान श्रेष्ठले ५५ हजार पाँचसय ५५,सुन्दरबजारका जगदिश्वर पोखरेलले ५१ हजार नौसय ९९ रुपैयाँ, पाल्पाका डा. हर्रि्रसाद पोखरेलले  ५१ हजार एकसय ११, भोटेओडारका केदार थापा/राम ब थापा/ तारा थापा/थमन थापाले ५१ हजार १ सय ११, तार्कुघाटको हर्रर्ााेट निवासी बोधराज ओलियाले ५० हजार ५ पाँच सय ५५, काठमाण्डौंका तुलसी बहादुर थापाले ५१ हजार, बालकल्याण उच्च माविले ५० हजार पाँचसय ५५, भक्ति नमूना उमावि शिक्षक कर्मचारी परिवारले ५० हजार सातसय पाँच, बासुदेव आचार्यले ५० हजार एक रुपैयाँ, सिम्पानीका तिलक भण्डारीले ५० हजार पाँच रुपैयाँ दान गर्नुभएको छ । त्यस्तै भोटेओडारका नरेन्द्रराज/सीतादेवी ढुंगानाले ३१ हजार  तीनसय ३३, बेसीशहर २ का तर्ीथराज न्यौपानेले ३० हजार तीनसय तीन, हर्रर्ााेटकी अम्बिका  ओलियाले ३० हजार,लायन्स क्लव अफ भृकुटी काठमाण्डौंले २५ हजार, बाग्लुङ निवासी लायन मनबहादुर रोकाले २५ हजार, भक्तपुरका लायन श्याम बस्नेतले २५ हजार, डा. तर्ीथ खनियाले २५ हजार, सामुदायिक सेवा केन्द्र भोटेओडारले २१ हजार एकसय ११, तार्कुघाटका  जगदिशराज पाण्डेले २३ हजार एकसय पाँच, राजेन्द्र अधिकारीले २१ हजार १ सय ११,दर्ुगाभक्त धमलाले २१ हजार एकसय ११, काठमाण्डौंका शोभा राइले   २१ हजार १ सय ११, धनकुमारी धितालले २० हजार एकसय रुपैयाँ दान गर्नुभएको छ ।
    महापुराणमा मर्स्याङदी हेभी इक्युपमेण्टका तर्फाट पर्ूण्ाचन्द्र पोखरेल र चन्द्र अधिकारीले २२ हजार, मुस्लिम संघ नेपालबाट २० हजार दान प्राप्त भएको थियो ।
महापुराणमा जग्गा दान गर्नुहुने पनि थुप्रै दाताहरु हुनुहन्थ्यो । सो अवसरमा दधिकोट भक्तपुर निवासी जमुना रिसालले ३ रोपनी ६ आना जग्गा, तार्कुघाटका विश्वलाल श्रेष्ठले १ रोपनी, तार्कुघाटकै कल्याण पन्तले १ रोपनी जग्गा दान गर्नुभएको थियो ।
    महायज्ञ समापन भए पनि सहयोगको क्रम अझै जारी रहेको बताइएको छ । प्राकृतिक शिक्षण अस्पताल र ज्येष्ठ नागरिक आरोग्य आश्रमका लागि विदेशमा रहेका नेपालीहरुबाट पनि उल्लेख्य सहयोग हुने आश्वासन आएको मूल समारोह समितिका सहसंयोजक कृष्णराज ओलियाले बताउनुभयो ।
 

No comments:

Post a Comment