बेसीशहर- गत बर्षो चैत्रदेखि स्थगित रहँदै आएको नेपाल शिक्षक युनियन लमजुङ दोस्रो जिल्ला अधिवशेन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले रघुनाथ गरुङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा कृष्ण कुमारी रिमाल, हुम वहादुर कार्की, तेज नारायण अधिकारी र विश्वनाथ सुवेदी, सचिवमा मिन बहादुर जोशी, सहसचिवमा देवकी पराजुली र कोषाध्यक्षमा माधब प्रसाद बसौला रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा ननसोभा गुरुङ, रुपा गरुङ, रामलाल श्रेष्ठ, बुद्ध बहादुर घले, गोपालकृष्ण पौडेल, हरिकृष्ण कोईराला, र महेन्द्र भूजेल रहनु भएको छ ।
केन्द्रिय प्रतिनिधिमा कमला शर्मा, जानकी पहाडी, मालती थापामगर, कृष्ण प्रसाद भण्डारी, राजु राउत, बासुदेव पन्त, लोकनाथ घिमिरे, गणेश सापकोटा, चन्द्रमान गरुङ, गज बहादु्र गुरुङ, र शेरबहादुर भण्डारी रहनु भएको छ ।
गत बर्षचैत्रमा आयोजना गरिएको अधिवेशनमा शिक्षक संगठनले चुनावी प्रतिस्पर्धा नगरीकनै अध्यक्ष पद शिक्षक संगठनले पाउनुपर्ने अडान राखेपछि स्थगित भएको थियो ।
No comments:
Post a Comment